ताजा अपडेट

ट्रेन्डिङ

पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता शुक्रबारदेखि हुने

Gyan Khabar

ज्ञानखबर

बुध, फाल्गुन ९, २०८०
349 पटक हेरिएको
पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता शुक्रबारदेखि हुने

पिस प्वाइन्ट बोर्डिङ स्कुलको आयोजनामा छैटौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता शुक्रबरदेखि हुने भएको छ ।

पिस प्वाइन्टकी संस्थापक प्रिन्सिपल इशु गुरुङले प्रतियोगितामा १६ टिमको सहभागिता रहने जानकारी गराए ।

पत्रकार सम्मेलन आयोजना गरी सो प्रतियोगितामा विजेताले ३० हजार, उपविजेताले २० हजार र तेश्रो हुनेले १० हजार नगद पुरस्कार प्राप्त गर्ने जनाएको छ । उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फर्वाड, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगदबाट पुरस्कृत गरिनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा ३६१ डिग्री र पेपे पिज्जा रहेका छन् । सह–प्रायोजकमा भाटभटेनी सुपर मार्केट, एस मिडिया, जेन्ट्स पार्क, क्रन्ची फ्राइड चिन, पेपर क्लाउड, केलोग्स, ललितपुर सिटी एफसीलगायत छन् ।

नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु सानो गौचरणमा हुनेछ र फाइनल फागुण १६ गते हुनेछ ।

peacepoincupgyan2