ताजा अपडेट

ट्रेन्डिङ

ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याइयोस् : रास्वपा

Gyan Khabar

ज्ञानखबर संवाददाता

१३ फाल्गुण २०८०, आईतबार
330 पटक हेरिएको
ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याइयोस् : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याउन आग्रह गरेको छ ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो माग गर्नुभएको हो । उनले ख्वप विश्वविद्यालयको विधेकय तत्काल ल्याउन आग्रह गरे ।

प्रमुख सचेतक परियारले शिक्षाको अनुभव नभएको, शिक्षामा कुनै ढुङ्गामाटो पनि नभएको विधेयक सरकारले ल्याएको तर ख्वप विश्वविद्यालयको विधेयक किन नल्याएको भन्दै प्रश्न गरे । उनले ख्वप विश्वविद्यालयले देशभरका विद्यार्थीहरुलाई न्यून शुल्कमा अध्ययन गराइरहेको र विद्यार्थीको पनि चाप बढिरहेको दाबी गरे ।

उनले भने ‘सन् १९९९ देखि निरन्तर शिक्षा दिँदै आएको ख्वप कलेज २५ औं वर्षमा लागिसकेको छ । देशभरबाट ४० हजारभन्दा बढी विद्यार्थी लाभान्वित भइसकेका छन् । सरकार समाजवाद उन्मुख भन्छ, शिक्षा महँगाे छ । ख्वप कलेज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेज हो । त्यसले न्यूनतम शुल्कमा धेरै विद्यार्थीले शिक्षा पाइरहेका छन् ।’

‘विभिन्न औपचारिक, अनौपचारिक छलफलमा पनि प्रधानमन्त्रीज्यूलाई ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याइदिन आग्रह गरेको थिएँ । शिक्षा नेपालको मेरुदण्ड हो । विकासको मेरुदण्ड हो । ख्वप कलेजमा पढ्नेको सङ्ख्या बढ्दो छ । शिक्षाको अनुभव नभएको, शिक्षामा कुनै ढुङ्गामाटो पनि नभएको विधेयक ल्याउनुहुन्छ तर ख्वप विश्वविद्यालयको विधेयक किन ल्याउनुहुन्न । तत्काल विधेयक ल्याइयोस् ।’ प्रमुख सचेतक परियारले भने ।

उहाँले सरकार समाजवाद उन्मुखको नारा लगाइरहे पनि शिक्षा महँगाे भइरहेको बताए ।