ताजा अपडेट

ट्रेन्डिङ

विल्सन एकेडेमीको २९ औं वार्षिकोत्सव सम्पन्न

Gyan Khabar

ज्ञानखबर

आइत, फाल्गुन २०, २०८०
810 पटक हेरिएको
विल्सन एकेडेमीको २९ औं वार्षिकोत्सव सम्पन्न

सीतापाइलास्थित विल्सन एकेडेमीले शनिबार २९ औँ वार्षिकोत्सव, अविभावक दिवस, पुरस्कार वितरण तथा बाल मेला कार्यक्रम नायक राजेश हमालको प्रमुख आतिथ्यमा शनिबार विद्यालय प्राङ्गणमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै हमालले हरेक व्यक्ति मेहिनेत र आफूमाथिको विश्वासले मात्रै व्यक्तिगत जीवनमा अघि बढ्न सक्ने बताए । ‘मिहिनेत र आफूमाथिको विश्वासले मात्रै व्यक्ति जीवनमा अघि बढ्नसक्छ’ हमालले भने । उनले बालबालिकालाई अभिभावकले कुनै पनि विषयमा जबरजस्ती गर्नु ठीक नहुने, तर अभिभावकले नै बच्चालाई सही बाटोमा हिडाउन सक्ने बताए ।

अध्यक्ष ठकुरीले विद्यार्थीलाई शैक्षिक क्रियाकलाप मात्रै होइन, अतिरिक्त क्रियाकलापसहित संस्कारयक्त, जीवनउपयोगी र बहुआयामिक सीप पनि सिकाउनुपर्छ भन्ने उद्देश्य सहित पठनपाठन पठनपाठन भइरहेको जानकारी दिए ।

कार्यक्रममा विद्यालयले विभिन्न १५ विधाका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको थियो । विद्यार्थीहरुलाई विद्यालयका अध्यक्ष अर्जुनसिंह ठकुरीले उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल पेट्रिक विल्सन, सामाजिक अभियन्ताद्वय मिलन पाण्डे, डा. तारा बहादूर कुंवर, लेखक शैलेन्द्र अधिकारी, नागार्जुन नगपालिकाका – ६ का वडाध्यक्ष देवेनद्रराज लिवि लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

विद्यालयले सो अवसरमा नायक राजेश हमालसँग विद्यार्थीहरुविच अन्तर्क्रिया गराएको थियो । अन्तर्क्रिया बाल्यकाल र पढाइ केन्द्रित रहेको थियो ।

कार्यक्रममा विद्यालयले विभिन्न १५ विधाका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई विद्यालयका अध्यक्ष ठकुरीले वितरण गरेका थिए । साथै कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक विधा प्रस्तुत गरेको थियो ।

5W5A4431

5W5A4183

5W5A4742