नेपालका तीन वटा विश्वविद्यालय उपकुलपतिविहीन भएको छ । यसअघि नियुक्त भएका उपकुलपतिको चारवर्षे कार्यकाल समाप्त भएका कारण ती विश्वविद्यालय शनिबारदेखि नेतृत्वविहीन भएको हो ।
कार्यकाल समाप्त भएका उपकुलपतिहरुमा पूर्वाञ्चल विश्वविद्यालका प्रा.डा. यादवराज कोइराला, सुदूरपश्चिम विश्वविद्यालयका प्रा.डा. अमरराज जोशी र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्रा.डा. नन्दबहादुर सिंह रहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिफारिस समिति गठन गरेर प्रक्रिया आरम्भ गरी माघको अन्तिम साता सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान गरेतापनि हालका लागि स्थगित गरिएको छ ।
माघ अन्तिम साता नै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिको आवेदन आह्वान गर्दा १८ जनाले सोचपत्रसहित चारवर्षे कार्ययोजना बुझाएको छ । र सो को अध्ययन भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ ।