ताजा अपडेट

ट्रेन्डिङ

झौखेल सामुदायिक सिकाइ केन्द्रको आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शनि, फाल्गुन २६, २०८०
473 पटक हेरिएको
झौखेल सामुदायिक सिकाइ केन्द्रको आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न

चाँगुनारायण नगरपालिकाको झौखेल सामुदायिक सिकाइ केन्द्रको आयोजनामा खुला चित्रकला प्रतियोगिता २०८० सम्पन्न भएको छ ।

सो प्रतियोगितामा मित्रश्री पाठशाला, चानपा -२ का वन्दना शर्मा प्रथम, महेन्द्रग्राम मा. वि., चानपा -८ का ईशा कार्की द्वितीय, नवीन इंगलिस स्कुल, चानपा-१ का सृजल दाहाल तृतीय र चाँगुनारायण मा. वि, चानपा -१ का स्वरूपा थापा मगर सान्त्वना भएका छन ।

२०६७ मा स्थापना भएको उक्त सिकाइ केन्द्रले हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको जानकारी केन्द्रका अध्यक्ष दधिराम गेलालले बताए ।

अध्यक्ष गेलालले आउँदो हप्ता मनोवाद लेखन हुने र दुवै विधाको पुरस्कार वितरण गर्ने जानकारी दिए ।

jhaukhelgyan