ताजा अपडेट

ट्रेन्डिङ

शारदा माविमा विज्ञान तथा शैक्षिक सामाग्री प्रदर्शनी सम्पन्न

Gyan Khabar

ज्ञानखबर

बिहि, चैत्र १, २०८०
394 पटक हेरिएको
शारदा माविमा विज्ञान तथा शैक्षिक सामाग्री प्रदर्शनी सम्पन्न

भक्तपुर नगरपालिका–२ व्यासीस्थित शारदा माध्यमिक विद्यालयमा विज्ञान तथा शैक्षिक सामाग्री प्रदर्शनी सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर सुवालले उदघाटन गरेको सो प्रदर्शनी विहान १०:३० देखि साँंझ ४ः०० बजेसम्म भएको थियो ।

प्रदर्शनीमा केवलकारको नमुना, हाइड्रोपावर, एटीएम मेसिन, ख्वपको पहिचानसँग सम्बधित विभिन्न परम्परागत प्रविधि, गणित तथा नेपाली भाषा र व्याकरणसँग सम्बन्धित पाठका प्रयोगात्मक खेल, सामाजिक अध्ययन अन्तर्गत इतिहास, भूगोल, वातावरणसँग सम्बन्धित शैक्षिक सामग्री समावेश गरिएको थियो । प्रदर्शनीमा कक्षा ८ सम्मका विद्यार्थीहरूले सहभागी जनाएका थिए ।

विद्यालयका प्रधानाध्यापक रोशनराज तुइंतुईका अनुसार सुनेर भन्दा हेरेर, प्रयोगात्मक रुपमा गरेर सिकिने भएकोले कार्यक्रम गरिएको बताए । उनले शैक्षिक प्रदर्शनीमा ७६ वटा स्थल रहेको जानकारी दिए ।

sssp2

sssp