ताजा अपडेट

ट्रेन्डिङ

शिक्षा मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण

Gyan Khabar

ज्ञानखबर

बिहि, चैत्र १५, २०८०
114 पटक हेरिएको
शिक्षा मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ ।

यही चैत १४ गते मन्त्रालयका विभिन्न महाशाखा तथा शाखामा गरिएको आन्तरिक छड्केमा ती कर्मचारी हाजिर गरी मन्त्रालयबाट बाहिरिएको पाइएको जनाइएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठको निर्देशनमा मन्त्रालयको प्रशासन शाखाबाट छड्के गरिएको थियो ।

कार्यकक्षमा नभेटिने तथा कार्यालय समयको पालना नगर्ने कर्मचारीलाई सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नआए कानुनबमोजिम कारबाही हुने मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

यस किसिमका अनुगमन तथा छड्के मन्त्रालयअन्तर्गतका विभाग तथा कार्यालयमा समेत निरन्तररूपमा हुने र कार्यालय समयमा बिनाजानकारी अनुपस्थित हुने तथा तोकिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारी माथि कानुनबमोजिम कारबाही गरिने जनाइएको छ ।