भक्तपुर नगरपालिका द्वारा सञ्चालित ख्वप कलेजमा विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा एन्टर्पर्नसिप सपोर्ट प्रोग्रम अन्तगर्त विभिन्न सत्रहरु सञ्चालन भइरहेको छ ।
यसै क्रममा चैत्रको २२ गते नेपाल बैक लिमिटेट भक्तपुर शाखाका प्रवन्धक सुनिल थुसाले व्यवसायिक नैतिकता सम्बन्धी र बैक तथा वित्तिय प्रणालीबारे प्रशिक्षण गरे । कुनै पनि व्यवसाय सञ्चालन गर्दा उद्यमीले व्यवसायीक नैतिकता, सामाजिक उत्तरदायित्व साथै बैकले गर्ने वित्तिय कारोबार, ऋण प्रणाली, व्याजदरबारे विशेष ध्यान दिनु पर्ने कुरामा प्रशिक्षक थुसाले जोड दिए ।
कतिपय मानिसहरुमा विभिन्न व्यवसाय सम्बन्धी ज्ञान, सिपहरु हुने गर्दछ उसको सपना साकार पार्न पूँजीको आवश्यकता पर्दछ । त्यो पूँजीको व्यवस्थापन बैक तथा वित्तिय संस्थाबाट हुने गर्दछ । उद्यमीले सकेसम्म कम व्याजदरमा ऋण लिन प्रयास गर्दछ जुन स्वभाविक पनि हो । बैक तथा वित्तिय संस्थाले हाल उद्यमीशील व्यक्तिहरुलाई विभिन्न शिर्षकमा ऋणको व्यवस्था गदै आएको बारे पनि प्रशिक्षकले बताए ।
प्रशिक्षकले ग्रीन बैकिङको बारेमा चर्चा गरे । यस अन्तर्गत बैकिङ कारोबार गर्दा वाताबरण मैत्री अवधारणलाई जोड दिनु हो र बैंकमा हुने कागजी कामहरु हाल अनलाइन मार्फत वा डिजिटल प्रविधि मार्फत हुँदै आएकोबारे प्रशिक्षकले बताए ।
हाल नेपाल बैक लिमिटेटले युवा स्वरोजगार कार्यक्रम अन्र्तगत विभिन्न नगरपालिकाका युवा उद्यमीहरुलाई विना धितो ऋणको व्यवस्था गदै आएकोबारे पनि बताए । साथै बैंकिङ क्षेत्रसंग सम्बन्धी विभिन्न कार्य तथा आइपर्ने समस्याहरुबारे पनि चर्चा गरे ।
प्रशिक्षणको अन्त्यमा प्रशिक्षक थुसालाई इएसपी कार्यक्रमका सयोजक अञ्जु ग्वाछाले कलेजको तर्फ मायाको चिनो प्रदान गरेका थिए ।