ताजा अपडेट

ट्रेन्डिङ

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, विकास समितिको अध्यक्षमा डा. चौधरी

Gyan Khabar

ज्ञानखबर

बिहि, चैत्र २२, २०८०
296 पटक हेरिएको
रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, विकास समितिको अध्यक्षमा डा. चौधरी

सरकारले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा प्रा. डा. पशुपति चौधरीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बिहीवार बसेको बैठकले डा. चौधरीलाई अध्यक्षमा नियुक्त गरेको हो ।

डा.चौधरी हाड जोर्नी शल्य चिकित्सक हुन । उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राध्यापक, हाड जोर्नी विभागका पूर्व विभागीय प्रमुख, पूर्व कार्यकारिणी सदस्य एवं अस्पताल निर्देशक समेत हुन ।

सरकारले समितिको सदस्यमा विरेन्द्र प्रसाद यादवलाई समेत नियुक्त गरेको छ । साथै बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको सदस्य पदमा ज्ञानेन्द्र मान सिंह कार्कीलाई मनोनयन गर्ने निर्णय भएको छ ।