मध्यपुर थिमीस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले विश्व वातावरण दिवस विभिन्न कार्यक्रमहरु गरी मनाएको छ ।
विश्व वातावरण दिवशका अवसरमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीचीच विभिन्न समुहमा जेठ २२ गते “our land our future” बिषयमा चित्रकला प्रतियोगिता सम्पन्न गरि प्रथम द्वितीय तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ ।
साथै जेठ २३ गते गते (जुन ५) विश्व वातावरण दिवशका अवसरमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरु सम्मिलित जनचेतनामूलक -याली गरेको छ । -याली कार्यक्रम सांस्कृतिक बाजा गाजा तथा वातारण संरक्षणका लागि जनचेतना मुलक नारा लेखिएको प्ले कार्डका साथै नारा लगाइदै -यालीले नगर परिक्रम गरेको थियो ।
विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिने उद्देश्यका साथ “Learning by doing” progressive education को सिद्धान्त अनुसार इको क्लब तथा इन्टरनेट क्लबको संयुक्त आयोजनामा विद्यालय परिसर र स्थानिय टोलहरुमा सरसफाई कार्यक्रम सम्पन्न भयो।बिनायक शिक्षा निकेतनले हामी जस्ता ‘कलिला विद्यार्थीहरुलाई सामाजिक दायित्व बोध गराउन तथा व्यवहारिक ज्ञान प्रदान गर्न यस्ता कार्यक्रमहरु समय समय गर्दै आइरहेका छन् । त्यो अत्यन्त राम्रो कार्य भएको र हामी पनि सहभागी हुन पाएकोमा अत्यन्त खुसी भएको कुरा कक्षा ७ मा अध्ययनरत विद्यार्थी निमा तामाङ्ग तथा कक्षा ९ मा अध्ययनरत विद्यार्थी इन्टरनेट क्लबका अध्यक्ष नेहा श्रेष्ठले बताए ।
विश्व वातावरणको दिवसको उपनक्ष्यमा आयोजित विद्यालयको उक्त कार्यक्रममा बोल्दै इको क्लबका अध्यक्ष निसा हमालले वातावरण जोगाउन, संरक्षण गर्न हामी विद्यार्थीहरुका महत्वपूर्ण भूमिका रहेकाले लाग्नुपर्ने भन्दै समाजलाई सचेत बनाउन हामी बिद्यार्थी नै लाग्नुपर्ने बताए ।