ताजा अपडेट

ट्रेन्डिङ

वीरगन्जका विद्यालयमा फेरि तीन दिन विदा

Gyan Khabar

ज्ञानखबर

बुध, जेष्ठ ३०, २०८१
273 पटक हेरिएको
वीरगन्जका विद्यालयमा फेरि तीन दिन विदा

अत्यधिक गर्मी बढेर जनजीवन नै अस्तव्यस्त भएपछि वीरगन्ज महानगरपालिकाले शिक्षण संस्थाहरूमा फेरि तीन दिनका लागि विदा दिएको छ ।

बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको भन्दै वीरगन्ज महानगरपालिका नगरपालिकाले जेठ ३१ गतेदेखि असार २ गतेसम्म महानगरमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरू बन्द रहने निर्णय गरेको हो । यसअघि महानगरपालिकाले जेठ १६ देखि १८ गतेसम्म गर्मी विदा दिएको थियो ।

बुधबार वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद भट्टराईले सूचना जारी गर्दै हाल गर्मी बढिरहेको र अबका केही दिन अझ गर्मी बढ्ने मौसम विभागको पूर्वानुमानलाई मध्यनजर गरी बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै विद्यालयमा जेठ ३१ देखि असार २ गतेसम्मका लागि गर्मी विदा दिने निर्णय गरिएको जनाएका छन् ।

birgscho