ताजा अपडेट

ट्रेन्डिङ

पोखरा विश्वविद्यालयमा तालाबन्दी

Gyan Khabar

ज्ञानखबर

२४ असार २०८१, आईतबार
243 पटक हेरिएको
पोखरा विश्वविद्यालयमा तालाबन्दी

पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा विद्यार्थी सङ्गठनले आईतवार तालाबन्दी गरेको छ ।

नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियुका पदाधिकारीले आफ्ना विभिन्न माग पूरा नभएको भन्दै विश्वविद्यालयको केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेको हो ।

साथै शुक्रबारदेखि आन्दोलनमा उत्रेका पूर्णकालीन करार प्राध्यापक आइतबारदेखि अध्यापन छाडेर केन्द्रीय कार्यालयको ढोकामा धर्नामा बसेका छन् ।

विश्वविद्यालयको २४ औँ सभाले करार प्राध्यापकको सेवा अवधि नथपी नयाँ विज्ञापनमा जाने निर्णय गरेको थियो । विश्वविद्यालयले लामो समयसम्म सेवा आयोगको विज्ञापन नखोलेको बताइएको छ ।

शुक्रबार करार प्राध्यापकहरूले उपकुलपति कार्यालय, रजिस्ट्रार कार्यालय, डिन कार्यालय, परीक्षा नियन्त्रकको कार्यकक्ष, सबै स्कुल निर्देशकका कार्यालय, शिक्षण अस्पताल निर्देशक कार्यालय तथा स्कुल प्रशासन कार्यालयमा तालाबन्दी गरेका थिए ।

करार प्राध्यापकको पेनडाउनका कारण स्कुल अफ इन्जिनियरिङको आन्तरिक परीक्षासमेत स्थगित भएको छ ।

विश्वविद्यालयमा पूर्णकालीन करार प्राध्यापक तथा प्राविधिक गरी ७१ जना सेवारत छन् । विश्वविद्यालयमा करार र स्थायी प्राध्यापकको सङ्ख्या करिब बराबरी छ ।