ताजा अपडेट

ट्रेन्डिङ

मिड भ्याली कलेजमा ‘ग्राण्ड टपर्स छात्रवृत्ति कार्यक्रम’

Gyan Khabar

ज्ञानखबर

बिहि, असार २७, २०८१
571 पटक हेरिएको
मिड भ्याली कलेजमा ‘ग्राण्ड टपर्स छात्रवृत्ति कार्यक्रम’

माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण भएपछि कहाँ र के पढ्ने भन्ने विषयमा धेरै विद्यार्थीमा अन्योलता रहेको देखिन्छ । एसइई पछिको शिक्षा उच्च शिक्षा अध्ययनको मात्रै नभएर जीवनको आधार तयार पार्ने शिक्षा र महत्त्वपूर्ण समय हो ।

एसइई उत्तीर्ण गरेपछि विद्यार्थीका लागि अनेक ढोकाहरू खुल्छन् । तिमध्ये आफूलाई उपयुक्त ढोका छान्न नसकिएको अवस्थामा जीवन गलत मार्गतर्फ डोहोरिने खतरा हुन्छ । त्यसैले एसईई पछि पढ्ने विषय र कलेजको छनोट गर्नुअघि आफ्नो लक्ष्य तथा उद्देश्य निश्चित गर्नुपर्छ ।

कलेजको छनोट गर्दा विभिन्न कलेजहरूको तुलनात्मक अध्ययन गरी कुन कलेजमा बढी प्राक्टिकल हुन्छ ? कलेजबाट उत्पादित विद्यार्थीहरू कस्ता छन् ? कलेज समय तपाईंको अनुकूल छ कि छैन ? शिक्षकशिक्षिका कति उत्कृष्ट छन् ? भौतिक संरचना कस्तो छ ? प्रयोगात्मक परियोजना कार्य गर्ने अवसर कतिको मिल्छ ? जस्ता कुराहरू खोज्नुपर्छ । यसो गर्दा आफूलाई कलेजको वातावरणमा सहजै घुलमिल गराएर आफ्नो उद्देश्य अनुरूपको शिक्षा हासिल गर्न सकिन्छ ।

प्लस टु विज्ञान, व्यवस्थापन तथा कानूनमा यस्तो अवसर खोज्ने विद्यार्थीहरूका लागि भक्तपुरको नयाँ थिमीमा रहेको सुन्दर र शान्त शैक्षिक वातावरणमा अध्ययन अध्यापन हुने मिडभ्याली कलेज उपयुक्त विकल्प हुनसक्छ ।

‘ग्राण्ड टपर्स छात्रवृत्ति कार्यक्रम’

एसइई उत्तीर्ण भएका विद्यार्थीलाई लक्षित गरेर मिड भ्याली कलेजले ‘ग्राण्ड टपर्स छात्रवृत्ति कार्यक्रम’ ल्याएको छ । जसअन्तर्गत कलेजले ७७ वटै जिल्लाका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिएकाे छ ।

1720681223898

कलेजले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा प्रत्येक जिल्लाका उत्कृष्ट (टपर) १ जना छात्र र १ जना छात्रालाई पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको कलेज सञ्चालक समितिका अध्यक्ष जाेन श्रेष्ठले बताए ।

त्यस्तै, ग्राण्ड टपर्स छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेशबाट १ जना छात्र र १ जना छात्रा तथा सम्पूर्ण स्थानीय तहबाट १–१ जना छात्र र छात्रालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने अध्यक्ष श्रेष्ठकाे भनाइ छ ।