ताजा अपडेट

ट्रेन्डिङ

विनायकमा वादविवाद प्रतियोगिता सम्पन्न

Gyan Khabar

ज्ञानखबर

सोम, भदौ ३, २०८१
632 पटक हेरिएको
विनायकमा वादविवाद प्रतियोगिता सम्पन्न

बालबालिका भित्रको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले भाद्र २ गते आइतबार ८ देखि १० सम्मका विद्यार्थीहरु बिच “वैदेशिक रोजगारले देश बिकास हुन्छ” शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न गरेको छ ।

उक्त प्रतियोगिता ८,९ र १० कक्षाका बिद्यार्थी बिच भएको थियो।वादविवाद प्रतियोगितामा १६ वक्ताहरुले आ-आफ्ना बिचार प्रस्तुत गरे । निकै उत्साहजनक रुपमा उक्त वादविवाद प्रतियोगितामा कक्षा ९ का कृषा प्रजापती प्रथम, अमृता गोले द्वितीय र प्रतीक दुङ्गेल तृतीय भएका थिए ।

वादविवाद प्रतियोगितामा बिद्यालयका सहायक प्रिन्सिपल प्रेम निरौलाले वादविवादको महत्व तथा यसले पढाइमा पुग्ने सहयोग तथा वादविवादले विद्यार्थीहरु तार्किक बनाउने बिचार राखे ।

साथै बिद्यालयका माध्यमिक तह संयोजक शैलेन्द्र कुमार भट्टराईज्युले विद्यार्थी जहिले पनि सृजनशील हुनुपर्ने, सृजनशील बिद्यार्थी नै जीवनमा सफल हुने बताउँदै र बिजेता भाइबहिनीहरुलाई पुरस्कृत गर ।

कार्यक्रमलाई संचालन गर्ने कक्षा १० का छात्राहरु अमृता गोले तथा नेहा श्रेष्ठले यस्ता कार्यक्रमले बिद्यार्थीहरु सृजनशील हुने र तर्क बितर्क र खन्डन मण्डन गर्ने क्षमतामा अभिबृद्धी हुने भएकाले पढाइमात्र होइन वास्तविक जीवनमा समेत धेरै मद्दत पुग्ने भएकाले यस्तो कार्यक्रम निरन्तर गरिरहने बिनायक शिक्षालाई कृतज्ञता ज्ञापन गरेका थिए ।