काठमाण्डौ बसुन्धरस्थित इशान बाल तथा महिला अस्पतालले २९ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न गरेको छ ।
बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित इशानले आइतबार पत्रकार सम्मेलन गर्दै २९ औ बार्षिकउत्सव मनाइरहँदा विरामीहरु, विरामीका आफन्तजन र जनमानसले अस्पतालका सेवाहरु विश्वास गरी काम गर्ने मौका दिएकोमा धन्यवाद ज्ञापन गरेको छ ।
वि.सं. २०५२ सालमा कृष्णाष्टमीका दिन १५ बेडबाट सुरु भएको यस अस्पतालमा अहिले बालबालिका तथा महिला उपचारमा चौबीसै घन्टा आकस्मिक सेवा, जटिल किसिमको शल्यक्रियासहित विशेष सेवा उपलब्ध रहेको र एक सय बेडको सुविधा सम्पन्न अस्पताल बनाउन सफल भएको बताउदै निर्देशक प्रा.डा. रामनन्दन प्रसाद चौधरीले शनिबारसमेत बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म सेवा उपलब्ध रहेको जानकारी दिए ।
अस्पतालमा आकस्मिक विभागमा २४ घन्टा नै पेडियाट्रिक विशेषज्ञहरूबाट नवजात तथा बाल रोग, नवजात तथा बाल सर्जरी, महिला तथा प्रशुती, हाडजोर्नी सम्बन्धमा सेवाहरु उपलब्ध रहेको डा. चौधरीले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै डा. चौधरीले अस्पतालमा पटक पटक नवजात तथा बाल शब्लयरोग तथा बाल युरोलोजी सम्बन्धी जटिल भन्दा जटिल शल्यक्रियाहरु भइरहेको जानकारी दिँदै भारत तथा बंगलाशदेशबाट समेत आएका शच्चाहरुको सफल शल्यक्रिया भएको उनले बताए ।
निर्देशक चौधरीले अस्पतालले विभिन्न बैंक, इन्सायेरेन्स सहित टोखा तथा बुढानिलिकण्ठ नगरपालिका परिशरका धेरैजसो विद्यालयसँग छुट सेवा उपलब्ध गराउन सम्झौता भएको बताए ।
सामाजिक उत्तरदायित्व बहन गर्ने हिसावले कतिपय अवस्थामा निशुल्क शेवा पनि दिइदैँ आएको उनले सुनाए । हाल अस्पतालमा ८७ जना विभिन्न बिषयका बरिष्ठ विशेषज्ञ सहित बाल रोग तथा बाल शल्यक्रिया, महिला तथा विभिन्न विषयका सुपर स्पेशिलिष्ट र मलटीस्पेस्लिट विशेषज्ञ सेवाहरु दिइरहेको बताए ।