ताजा अपडेट

ट्रेन्डिङ

विनायकमा कराँते बेल्ट टेस्ट कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शनि, भदौ १५, २०८१
902 पटक हेरिएको
विनायकमा कराँते बेल्ट टेस्ट कार्यक्रम सम्पन्न

विनायक शिक्षा निकेतन मध्यपुर थिमीमा कराँटे प्रशिक्षण लिइरहेका ४० जना विद्यार्थीहरूलाई कराँते बेल्ट टेस्ट कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख अतिथि सार्क खेलकुद कराँटेमा स्वर्ण पदक बिजेता तथा राष्ट्रिय प्रशिक्षक मन्डेकाजी श्रेष्ठले बिभिन्न कराँतेका बेल्ट र विनायक शिक्षा निकेतनका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिज्यूले प्रमाण पत्र प्रदान गरेको छ।

प्रमुख अतिथि श्रेष्ठले आफू पनि स्कुल पढ्दै कराँटे सिकेको कुरा बताउँदै विद्यार्थी हरूलाई हौसला दिएका थिए ।

1725088196453

कराँटे प्रशिक्षक सुमी श्रेष्ठ र स्वजन श्रेष्ठले रेफ्रीको भूमिका निर्वाह गरेको बेल्ट टेष्ट कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले खेलकुदले विद्यार्थीको शारीरिक बिकास, अनुशासित र परिश्रमी हुन सहयोग पुग्ने बताउँदै अपग्रेड हुने सफल विद्यार्थीहरुलाई बढाई दिएका थिए ।