ताजा अपडेट

ट्रेन्डिङ

श्री महेन्द्र ग्राम माध्यमिक विद्यालयकाे ६६ औं वार्षिकोत्सव सम्पन्न

Gyan Khabar

ज्ञानखबर

सोम, भदौ १७, २०८१
759 पटक हेरिएको
श्री महेन्द्र ग्राम माध्यमिक विद्यालयकाे ६६ औं वार्षिकोत्सव सम्पन्न

चाँगुनारायण नगरपालिका-८,सुडाल , भक्तपुरस्थित श्री महेन्द्र ग्राम माध्यमिक विद्यालयकाे ६६ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

वार्षिकोत्सव चाँगुनारायण नगरपालिका नगरप्रमुख जीवन खत्रीको प्रमुख आतिथ्यमा भएको हो ।

कार्यक्रममा अतिथिहरु पूर्व मेयर तथा प्रअ साेमप्रसाद मिश्र, जिल्ला समन्वय समितिका सदस्य नानू कार्की, वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयाेजक जनक खत्री, शिक्षा शाखा प्रमुख दिनेश अर्याल, नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा सभापति परशुराम पाण्डे, वडा सदस्यहरु हरिगाेपाल श्रेष्ठ, प्रल्हाद दुलाल, पूर्व वडाध्यक्ष परासर सापकोटा, नेपाली काँग्रेस नगर सभापति तथा पूर्व वडाध्यक्ष शिवहरी केसी, राप्रपा नगर अध्यक्ष रमेश अधिकारी, नेमकिपा नगर प्रतिनिधि बासुदेव घाेरसाइने, नेपाली काँग्रेस वडा सभापति तिर्थराज घाेरसाइने, पूर्व प्रअ तथा विव्यस अध्यक्ष रामशरण कार्की, पूर्व प्रअ ऋषिराम सुवेदी, पूर्व विव्यस अध्यक्ष राजु सुवेदी, पूर्व विव्यस अध्यक्ष ध्रुबबहादुर श्रेष्ठ, अक्षयकोष संस्थापक गणेश कार्कीको उपस्थिति रहेको थियो ।

साथै पञ्चकन्या माविका प्रअ नारायण प्रसाद दुलाल, ठूली ब्रम्हायणी आविका प्रअ हिराकाजी साखकर्मी, थाङ्का नेपालका प्रमुख पृथ्वी सायँजू,विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, सामाजिक परीक्षण समिति, पूर्व शिक्षक, विव्यस सदस्यहरू, शिअसं सदस्यहरु, अभिभावक एवं पूर्व विद्यार्थी लगायतका सराेकारवालाहरुको उपस्थिति रहेको थियोे ।

1725293504699

1725288345619

1725288301764

1725290158441