ताजा अपडेट

ट्रेन्डिङ

त्रिविको ५० औँ दीक्षान्त समारोहको लागि आवेदन माग

Gyan Khabar

ज्ञानखबर

बुध, भदौ २६, २०८१
416 पटक हेरिएको
त्रिविको ५० औँ दीक्षान्त समारोहको लागि आवेदन माग

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले ५० औँ दीक्षान्त समारोहका लागि आवेदन माग गरेको छ ।

२०८० असार १ गतेदेखि २०८१ जेठ ३२ गतेसम्म सेमेष्टर तथा वार्षिक परीक्षण प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधि भित्र विद्यावारिधि (पिएचडी) तह पूरा गर्नेहरूलाई फाराम भर्न सक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले भदौ २० गतेदेखि असोज २३ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

tu50convo