ताजा अपडेट

ट्रेन्डिङ

त्रिविका परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने

Gyan Khabar

ज्ञानखबर

मङ्ल, अशोज ८, २०८१
337 पटक हेरिएको
त्रिविका परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने

त्रिभुवन विश्वविद्यालयको जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय, कीर्तिपुरले एक सूचना जारी गर्दै त्रिवि परीक्षा सुधार समितिको २०८१ असोज ७ गते सोमबारको बैठकले त्रिविको परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने निर्णय गरेको छ ।

साथै सूचनामा त्रि.वि.अन्तर्गतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरूको हकमा वार्षिक प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरूलाई एक पटकका लागि मौका परीक्षाको अवसर दिने जनाइएको छ ।

tuai e1727162624885