ताजा अपडेट

ट्रेन्डिङ

उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षक सम्मानित

Gyan Khabar

ज्ञानखबर

आइत, मंसिर १६, २०८१
284 पटक हेरिएको
उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षक सम्मानित

काठमाडौं । कैलालीको धनगढीस्थित त्रिनगर माध्यमिक विद्यालयले एक जना शिक्षकलाई सम्मानित गरेको छ। विद्यालयको ४८औं वार्षिकोत्सवको अवसरमा माध्यमिक तह अंग्रेजी विषय शिक्षक श्रद्धा श्रेष्ठलाई सम्मान गरिएको हो।

त्रिनगरमा अध्ययनरत विद्यार्थीले एसईईमा अंग्रेजी विषयमा ८५.६० प्रतिशतसम्म नतिजा ल्याउन सफल भएको भन्दै उनलाई सम्मान गरिएको विद्यालयले जनाएको छ। श्रेष्ठलाई सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री सरस्वती खड्काले सम्मानपत्रसहित दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

श्रेष्ठ निकै मिहिनेती शिक्षिका रहेको विद्यालयका प्रधानाध्यापक भूपाल खड्काले बताए। ‘उहाँ निकै मिहिनेती शिक्षक हो, काममा लगनशील हुनुहुन्छ। उहाँलाई गरिएको सम्मानले अरू शिक्षकमा पनि प्रेरणा जागृत हुने विश्वास लिएका छौं। राम्रो कामको राम्रै मूल्यांकन हुन्छ भन्ने यो उदाहरण पनि हो,’ प्रधानाध्यापक खड्काले भने।