नुवाकोट जिल्लाको लिखु -६ स्थित ज्योतिकुञ्ज एकेडेमी र कान्तिपुर प्लाटेनियम, काठमाडौंको संयुक्त आयोजनामा सोमबार अन्तरिक्ष विज्ञान प्रदर्शनी भएको छ ।
उक्त कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई डिजिटल प्लानेटेरीयमको माध्यमबाट आकाशमा अवलोकन गराई अध्धयन गराउने, ताराहरुबीच रहेको ग्रहहरुको बारेमा बुझाउने, चन्द्रमालाई नजिकबाट देखाउने र बुझाउने, खगोल शास्त्रको प्रयोगात्मक सिकाईलाई उनीहरुमाझ प्रस्तुत गर्ने लगायतको काम सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक रबिन्द्र डङ्गोलले बताए ।
विज्ञानसँग सम्बन्धित प्रयोगात्मक शिक्षा लिन काठमाडौको विद्यालयसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य गर्दै विद्यालयमानै विद्यार्थीहरुलाई उक्त सुविधा प्रदान गर्ने उद्धेश्यले प्रदर्शनीको आयोजना गरिएको प्रधानाध्यापक डङ्गोलले बताए । प्रदर्शनीमा तीन सय ७५ जना विद्यार्थी सहभागी भएको प्रधानाध्यापक डङ्गोलले जानकारी दिए ।
१५ फिट अग्लो र ५ मिटर डाईमिटर भएको डुमभित्र विद्यार्थीहरुलाई प्रवेश गराई अध्धयन गराउनुका साथै थ्रीडी(3D)को विषयमा पनि जानकारी गराइएको थियो ।