ताजा अपडेट

ट्रेन्डिङ

ईप्सन अन्तर विद्यालय फुटसल प्रतियोगिता सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शनि, मंसिर २२, २०८१
532 पटक हेरिएको
ईप्सन अन्तर विद्यालय फुटसल प्रतियोगिता सम्पन्न

एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन) भक्तपुरको आयोजनमा अन्तर विद्यालय फुटसल प्रतियोगिता मंसिर २० र २१ गते हेल्थ्ली फुटसलमा सम्पन्न भएको छ ।

ईप्सनमा आवद्ध १० वटा सदस्य विद्यालयहरु बीच माध्यमिक र आधारभूत गरी दुई तहको छात्र फुटसलमा माध्यमिक तह तर्फ प्रथम स्थान ग्लोबल एकेडेमी, द्धितीय स्थान मदरल्याण्ड स्कुल, तृतीय स्थान ईडेन गार्डेन र सान्त्वना स्थान विमल मेमोरियल स्कुलले प्राप्त गर्न सफल भएका थिए । साथै आधारभूत तह तर्फ ईडेन गार्डेन स्कुल प्रथम, पारिजात विद्याकुन्ज द्धितीय, ग्लोबल एकेडेमी तृतीय र मदरल्याण्ड स्कुलले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

फुटसल प्रतियोगिताको पुरस्कार एवं समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकूद समिति भक्तपुरका अध्यक्ष राजु थापाले शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा ईप्सन अध्यक्ष जिबी खड्का, संस्थाका सचिव विजय कर्माचार्य लगाएतको उपस्थिति थियो ।

प्रतियोगिताको माध्यमिक तह तर्फबाट उत्कृष्ट खेलाडि मदरल्याण्ड स्कुलको रिसन भण्डारी, सर्वाधिक गोलकर्ता मदरल्याण्ड स्कुलकै जयराम बिसी, उत्कृष्ट गोलकिपर ग्लोबल स्कुलका पूर्णिम कार्की भएका थिए भने आधारभूत तह बाट उत्कृष्ट खेलाडि पारिजात विद्याकुन्जको विवेक श्रेष्ठ, सर्वाधिक गोलकर्ता पारिजात विद्याकुन्जको आशिस खड्का र उत्कृष्ट गोलकिपर ईडेन गार्डेनका विनय थापा भएको जानकारी कार्यक्रम संयोजक बिपिन गुमान्जूले बताए ।