ताजा अपडेट

ट्रेन्डिङ

अर्लिचाइल्ड एजुकेशन सिम्फोजियम २०२४ सम्पन्न

Gyan Khabar

ज्ञानखबर

२३ मङ्सिर २०८१, आईतबार
1064 पटक हेरिएको
अर्लिचाइल्ड एजुकेशन सिम्फोजियम २०२४ सम्पन्न

अर्लिचाइल्ड एजुकेशन सिम्फोजियम २०२४ आयोजना भएको छ । शिक्षालय मासिक तथा अपिनको आयोजनामा सम्पन्न भएको उक्त सिम्फोजियममा दुइवटा कार्यपत्र प्रस्तुत भएको हो ।

कार्यपत्र प्रस्तुतकर्ताहरुमा पाठ्यक्रम विकास केन्द्र (सिडिसि) का निर्देशक सालिकराम भूषाल र सेन्ट जेवियर्स स्कुल जाउलाखेलका प्रिन्सिपल फादर बोनिफेस तिग्गा रहेको थियो । सिडिसिका निर्देशक भूषालले शिशु कक्षा र बालबालिकासम्बन्धी नीतिगत ब्यवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले शिशु कक्षा सञ्चालनसम्बन्धी हालको अवस्था र अवको मार्गको विषयमा उनको कार्यपत्र केन्द्रित थियो ।

यसैगरी अर्का कार्यपत्र प्रस्तुतकर्ता फादर बोनिफेस तिग्गाले अन्तर्राष्ट्रिय स्तरमा भएको शिशु कक्षासम्बन्धी प्रयास र कार्यान्वयनसम्बन्धी प्रस्तुत गरेका थिए । सिकाईलाई ब्यावहारीकरणका लागि अन्य देशका अभ्यासलाई तथा शिशुहरुले घरमा प्राप्त भएका ज्ञानलाई शिशु कक्षामा गरिने सर्वांगिण विकासका विषयमा विभिन्न प्रिस्कुलबाट प्रतिनिधिहरुसँग छलफल गरिएको थियो ।

सिम्फोजियममा शिशु कक्षामार्फत बालबालिकाहरुमा सकारात्मक प्रभाव परेको सहभागीले बताएका छन् । विशेषगरी घरमा खाना खान नमान्ने बालबालिकाहरुले विद्यालयमा बालबालिका समूहमा बसेर खाना खाने, उनीहरुलाई सामाजिकीकरणमा मद्दत पुगेको निष्कर्ष निकालिएको छ । यसैगरी नीतिगत ब्यवस्थालाई स्पष्ट बनाउनुपर्ने र प्रिस्कुलको सहभागिता नभएकोले सहभागिताको लागि प्रयास हुनुपर्ने सहभागीहरुको भनाई थियो ।

कार्यक्रममा अपिनका अध्यक्ष बद्री दाहालले देशभर रहेका मन्टेश्वरी स्कुलको विकास र विस्तारका लागि अपिन कार्य गरिरहेको बताए ।

यसैगरी कार्यक्रम संयोजक तथा शिक्षालय मासिकका प्रधान सम्पादक श्याम तण्डुकार शिक्षाका विभिन्न विषयमा नियमित सिम्फोजियम आयोजना गरिने जानकारी दिए ।