ताजा अपडेट

ट्रेन्डिङ

रोटरी क्लव अफ महावौद्धको २०२५/०२६ नयाँ बोर्ड घोषणा

Gyan Khabar

ज्ञानखबर

४ पुस २०८१, बिहिबार
681 पटक हेरिएको
रोटरी क्लव अफ महावौद्धको २०२५/०२६ नयाँ बोर्ड घोषणा

रोटरी क्लव अफ महावौद्धले आगामी बर्ष २०२५/०२६ का लागि नयाँ बोर्ड घोषणा गरिएको छ । क्लबको आज बसेको बोर्ड वैठकले आगामी नेतृत्वको चयन गरेको हो ।

घोषित बोर्डको प्रेसिडेन्टमा श्याम तण्डुकार, प्रेसिडेन्ट इलेक्टमा नबराज सञ्जेल, प्रेसिडेन्ट नोमिनीमा रोशन कुँवर, फस्ट भाइस प्रेसिडेन्टमा रमेश थापा, सेकेण्ड भाइस प्रेसिडेन्टमा गोपाल प्रसाद घिमिरे चयन गरेको छ ।

त्यसैगरी बोर्डको सचिवमा रत्न राई, कोषाध्यक्षमा डा. दिवस अमात्य, सहसचिवमा आरजु राना, सहकोषाध्यक्षमा विनोद दुलाल चयन गरिएको छ ।

क्लवको बोर्ड सदस्य चयन हुनुभएका विभिन्न समितिका संयोजनकहरुमा शिवेन्द्र कार्की, टेकबहादुर थापा, मञ्जु राना, सुरेन्द्र बस्त्याल, सुरेन्द्र शाक्य, तिलक बहादुर भोलन, कृष्ण महर्जन, देवराज घिमिरे रहेको छ ।

श्याम तण्डुकार शिक्षा पत्रकार समाजका महासचिव र हालै सम्पन्न पत्रकार महासंघको निर्वाचनमा ललितपुर जिल्लाको उपाध्यक्षमा निर्वाचित भएका थिए ।