ताजा अपडेट

ट्रेन्डिङ

शैक्षिक जनशक्ति विकास परिषद् बाट तालिम पाठ्यक्रम स्वीकृत

Gyan Khabar

ज्ञानखबर

१२ पुस २०८१, शुक्रबार
240 पटक हेरिएको
शैक्षिक जनशक्ति विकास परिषद् बाट तालिम पाठ्यक्रम स्वीकृत

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीज्यूको अध्यक्षतामा रहेको शैक्षिक जनशक्ति विकास परिषदको मिति २०८१ पौष ११ गते बसेको २७ औं परिषद् बैठकले सेवा प्रवेश तालिम सहित एक दर्जन तालिम पाठ्यक्रमहरु स्वीकृत गरेको छ ।

एक महिने सेवा प्रवेश तालिम पाठ्यक्रम, एक महिने प्रमाणीकरण तालिम, शिक्षक पेसागत विकास तालिम पाठ्यक्रम स्वीकृत भएको हो । शिक्षक पेशागत विकासको प्रारूप-२०८० ले शिक्षक पेशागत विकासका विभिन्न दश ओटा विधिहरूमार्फत् शिक्षकको पेशागत विकासको सुनिश्चितता गरेसँगै प्रत्येक विधिहरूलाई कार्यान्वयनमा ल्याउनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले काम अगाडी बढाएको छ । परिषद् बैठकमा बोल्दै मन्त्री विद्या भट्टराईले शिक्षक जनशक्तिको अध्ययन गरी शिक्षकको परिभाषालाई पुनर्भाषित गर्नुपर्ने बताए ।

तालिम पाठ्यक्रमलाई Guidance Principle मानी तालिमका विषयवस्तुलाई लचिलो बनाउने, तालिम केन्द्रहरूले आफ्नो विशिष्टिकृत विशेषताहरूका आधारमा थप विषयवस्तु राख्ने, पाठ्यक्रमलाई समय समयमा शिक्षक/विज्ञ/तालिम केन्द्रहरूमा अन्तरक्रिया गरी प्राप्त सुझावका आधारमा परिमार्जन गर्नुपर्ने कुरा बताउँदै उनले परिषद्को बैठकमा तालिम पाठ्यक्रमले शिक्षकका कुरा विद्यार्थीले सुनेर सिक्ने भन्दा पनि विद्यार्थीको जिज्ञासा मेटाउने खालको शिक्षक तयार गरिनुपर्छ भने ।

तालिम पाठ्यक्रम स्वीकृती सँगै प्रदेश शिक्षा तालिम केन्द्र मार्फत सघन रुपमा शिक्षकहरुका लागि तालिम सञ्चालन हुनेछ । तालिम सहजीकरणका लागि शिक्षा तालिम केन्द्रका प्रशिक्षक तथा रोस्टर प्रशिक्षकका लागि केन्द्रले यही मिति २०८१ पौष १६ देखि केन्द्रमा प्रशिक्षक प्रशिक्षण समेत सञ्चालन गर्ने गरि तयारी अगाडी बढाएको छ ।