मध्यपुर थिमीस्थित विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने दुई विद्यार्थीको सम्मानमा विदाई कार्यक्रमको आयोजना गरेको छ ।
अन्तर्राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिप प्रतियोगिता तथा IC MASS अन्तर्राष्ट्रिय च्याम्पियनसिप प्रतियोगितामा भाग लिने दुई विद्यार्थीहरुका लागि विनायकले सो विदाई कार्यक्रमको आयोजना गरेको हो । २०८१ माघ ४ र ५ गते नेपालमा आयोजना हुन गइरहेको पाँचौं अन्तर्राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिप प्रतियोगितामा विश्वका नौवटा देशका अन्तर्राष्ट्रिय खेलाडीहरूसँग प्रतिस्पर्धा गर्न राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिप प्रतियोगितामा नेपालको तर्फबाट जिल्ला र राष्ट्रिय लेभलमै उत्कृष्टता हासिल गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट भई विद्यालयका छात्र तुलज प्रजापति विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाको नेतृत्वमा र भारतको पुणेमा यही माघ ६, ७ र ८ गते आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय IC MASS च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कक्षा ५ का छात्र टीसुभान प्रजापति जान लागेको हो ।
साे विदाई कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले दुवै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी विद्यार्थीहरूको उत्कृष्ट प्रस्तुति तथा देशको गरिमालाई उच्च राख्ने सफलताको शुभकामना व्यक्त गरे । समारोहमा प्रिन्सिपल प्रजापतिले हरेक विद्यार्थीसँग कुनै न कुनै प्रतिभा लुकेको हुन्छ ,त्यसलाई बाहिर निकाल्न सकेमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी मात्र होइन, उत्कृष्ट स्थान हासिल गर्न सकिने भएकाले यी यस्ता सर्वाङ्गीण विकास हुने कार्यक्रमहरूमा भाग लिन सम्पूर्ण विद्यार्थीहरूलाई आह्वान समेत गरे ।

