नेपालकै शीर्ष सामुदायिक विद्यालयहरूमध्ये एक, काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतसम्पन विद्यालयको ७९ औं वार्षिकोत्सव शनिवारका दिन भव्य रूपमा सम्पन भएको छ ।
उपप्रधान तथा शहरी विकास मन्त्री श्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन सो कार्यक्रममा मन्त्री सिंहले विद्यालय सामुदायिक विद्यालयहरूको लागि प्रेरणादायी नमुना बनेको बताउँदै शुभकामना व्यक्त गरे ।

विद्यालयले दशकौँदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै हजारौँ विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्दै आएको छ। अनुशासन, शैक्षिक उत्कृष्टता, आधुनिक शिक्षण प्रविधि, तथा समावेशी शिक्षामा विश्व निकेतनको योगदान अतुलनीय छ । विद्यालयका विद्यार्थीहरू प्रतियोगितात्मक शिक्षामा अब्बल, जीवनोपयोगी सीपमा सशक्त, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउन सफल रहेका छन् ।





