ताजा अपडेट

ट्रेन्डिङ

किकम्पा मन्टेश्वरी (प्रि स्कूल)को वार्षिकोत्सव तथा दिक्षान्त समारोह सम्पन्न

Gyan Khabar

ज्ञानखबर

आइत, माघ २०, २०८१
981 पटक हेरिएको
किकम्पा मन्टेश्वरी (प्रि स्कूल)को वार्षिकोत्सव तथा दिक्षान्त समारोह सम्पन्न

भक्तपुरको सूर्यविनायक इतबुंस्थित किकम्पा मन्टेश्वरी (प्रि स्कूल)को वार्षिकोत्सव तथा दिक्षान्त समारोह माघ १६ गते बुधबारका दिन सम्पन्न भएको छ।

भक्तपुर नगरपालिकाका उपप्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि रजनी जोशीले बालबालिकाको सार्वाङ्गिन विकासका लागि किकम्पाले पठन पाठन र अतिरिक्त क्रियाकलाप उत्कृष्ट सावित भएकोमा प्रशंसा गरे ।

FB IMG 1738467097939

कार्यक्रममा सम्यक महादान व्यवस्थापन समितिका अध्यक्ष गणेश बजार्चार्य, मध्यपुर थिमी स्थानिय स्काउटका स्थानिय आयुक्त तुलसीजारी प्रजापति, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्याम सुन्दर श्रेष्ठ लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

सो कार्यक्रममा विद्यालयमा प्री सेकेण्ड कक्षा उत्तिर्ण भई कक्षा १ मा गएका विद्यार्थीहरुलाई दीक्षित गरिएको थियो । साथै सो कार्यक्रममा
विद्यालयमा विगत पाँच वर्षदेखि अनवरत रूपमा सेवा गर्दै आएका शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

FB IMG 1738467154001

FB IMG 1738467121936

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देव चन्द्र बजार्चार्यको सभापतित्वमा सम्पन्न सो समारोहमा विद्यालयका प्रबन्ध निर्देशक अच्युत प्रजापतिले स्वागत गरेको थिए भने प्रिन्सिपल राजेश लाखाले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

FB IMG 1738467656333