आई.एम.एस. क्याम्पसमा हल्ट प्राइजको फाइनान्स मास्टर क्लास माघ १६ गते बुधबारका दिन सम्पन्न भएको छ ।
कार्यक्रममा मुख्य वक्ता एसोसियट चार्टर अकाउन्टेन्ट प्रह्लाद बस्नेतले नेपालका विभिन्न स्टार्टअपका परिदृश्य देखाउनुका साथै पूंजी व्यवस्थापन गर्नको लागि वित्तीय संस्थाबाट ऋण लिई, आफ्नो व्यक्तिगत लगानीबाट र सरकारले दिएको अनुदानबाट पनि संचालन गर्न सकिन्छ भन्ने कुरा बताए ।
व्यवसायका खर्चहरू आंकलन कसरी गर्ने र आफ्नो व्यवसाय कति परसम्म पुर्याउन सकिन्छ भन्ने कुरा निर्धारण गरेमा भविष्यमा वैकल्पिक योजना निर्माणमा सहज हुने कुरा प्रस्तुत गर्दै नेपालमा स्टार्टअप दर्ताका प्रक्रिया र नियम कानुनका बारेमा बस्नेतले बताए । उक्त विषयलाई सहजीकरण गर्न नेपाल तथा विभिन्न देश विदेशका स्टार्टअपले सामना गरेका समस्या र ल्याएका उपाय प्रस्तुत गरे ।
कार्यक्रमको अन्तिम चरणमा प्रत्येक सहभागीले सोधेका वित्तीय व्यवस्थापनसम्बन्धी प्रश्नका जिज्ञासा मेट्दै र समस्या समाधानका उपाय सहज तथा सरल रूपमा उदाहरण प्रस्तुत गरी बताए।

कार्यक्रमलाई मिथिला थिङ्स, आरस्क फुड, सन सेकुरिटिज, एथर, ज्योती विकास बैंक, समाज डेन्टल, 2 पिएम नुडलस, एनएमबी बैंक, एड्भान्स सरस्वती, अरबान मेज, रियल र्बस्ट, ग्लोबल टेलरिङ, लाभा लन्ज एण्ड बार, के टिएम, क्रेटिभ लिंक, प्रोसर र आइडिया प्रेन्युर नेपालको साथ रहेको थियो।
