रामकोट, सीतापाइलास्थित विल्सन एकेडेमीले बाल मेला तथा अविभावक दिवस, बार्षिक पुरस्कार वितरण कार्यक्रम शनिबार विद्यालय प्राङ्गणमा सम्पन्न गरेको छ ।
कार्यक्रम प्ले ग्रुप देखि कक्षा ४ सम्म र कक्षा ५ देखि १० सम्म गरि दुई चरणमा सम्पन्न भएको थियो ।
प्ले ग्रुप देखि कक्षा ४ सम्मको कार्यक्रममा नागर्जुन नगरपालिका शिक्षा शाखा प्रमुख कृष्ण बहादुर कुवरको प्रमुख आतिथ्यमा सम्पन भएको थियो । सो कार्यक्रममा मिराकल एकेडेमीका अध्यक्ष बाबुराम अधिकारी, मिराकल एकेडेमीका प्रधानाध्यापक मन कुमारी पोख्रेल, नागार्जुन नगरपालिका शिक्षा शाखाका कृष्ण रेग्मी, भावना सुबेदी, नागार्जुन नगरपालिका ६ नं. महिला वडासदस्य सरिता खड्का, घट्टे टार नमुना बस्ति उपभोक्ता समितिका अध्यक्ष युबराज दनै तथा घट्टे टार खानेपनि तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष त्रि बिक्रम थापा लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
साथै कक्षा ५ देखि १० सम्मको कार्यक्रम पूर्व मिस नेपाल तथा समाजसेवी उषा खड्कीको प्रमुख आतिथ्यमा सम्पन भएको थियो । सो कार्यक्रममा राजनितीज्ञ, शिक्षा विद युवा अभियन्ता मिलन पाण्डे, डा. तारा बहादूर कुंवर, लेखक शैलेन्द्र अधिकारी, अधिवक्ता हरिश भट्ट, तथा सप्तरंगी टोल सुधार समिति सदस्यता सुनिता खरेल लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक विधा प्रस्तुत गरेका थिए ।
