ताजा अपडेट

ट्रेन्डिङ

स्पीकर नेपालको दोस्रो सिजन सम्पन्न

Gyan Khabar

ज्ञानखबर

सोम, फाल्गुन १९, २०८१
1882 पटक हेरिएको
स्पीकर नेपालको दोस्रो सिजन सम्पन्न

शिक्षालय मासिक पत्रिकाको प्रस्तुति तथा पानोरमा अनलाईन टेलिभिजनको आयोजनामा स्पीकर नेपालको दोस्रो सिजन सम्पन्न भएको छ ।

स्पीकर नेपालको दोस्रो सिजन लिट्टिल एञ्जल्स स्कुलका कक्षा ८ की छात्रा आश्री रौनियारले स्पीकर नेपालको उपाधी जित्न सफल भएकी छिन् ।

त्यसैगरी फष्ट रनर अपमा सम्पन्न बानियाँ सोही विद्यालयको कक्षा ९ का छात्र र सेकेण्ड रनर अपमा पनि सोही विद्यालयका निर्देष्टा ढकाल कक्षा ८ का छात्रा, युनिशा शाक्य कक्षा ९ का छात्रा र आरोही कुँवर कक्षा ६ का छात्रा हुन सफल भएकी छिन् ।

स्पीकर नेपालको दोस्रो सिजनको अडिसन राउण्ड ललितपुरमा अवस्थित अनल ज्योति स्कुल, श्रीकुल स्कुल, लिट्टिल एञ्जल्स स्कुल र काठमाण्डौं चावहिलमाा अवस्थित सेन्ट लरेन्स स्कुलमा भएको थियो ।

उपत्यकाको क श्रेणीका २० वटा विद्याालयबाट करीब २०० जना विद्याार्थीहरुले सहभागिता जनाएका थिए । अडिडसन राउण्डबाट सेलेक्सन राउण्डमा ५० जना विद्यार्थीहरु पुग्न सफल भएका थिए ।

सेलेक्सन राउण्डबाट फाइनल राउण्डमा टप ११ छानिएका थिए । यसरी बिभिन्न चरण पार गर्दै फाइनल राउण्डमा सबैलााई उछिनेर आश्री रौनियार दोस्रो सिजनको स्पीकर नेपाल बन्न सफल भएको हो ।

स्पीकर नेपाल उपाधीलाई २५,०००, फष्ट रनर अपलाई १५,००० र सेकेण्ड रनर अप तीनै जनालाई जनही १०-१० हजार नगद राशी आलिशान वल्र्ड फर्निचरले प्रायोजन गरेको हो । यो स्पीकर नेपालको मुख्य प्रायोजकको रुपमा विगत वर्षदेखि नै सहकाार्य गर्दै आएको छ ।

IMG 20250303 WA0011

स्प्किर नेपालको आयोजना गर्नुको मुख्य उद्देश्य भनेको विद्यार्थीहरुमा आत्माविश्वास बढाउनको लागि हो । यस्तो कार्यक्रमले विद्यार्थीहरुमा पठन शैली र खोज गरेर ज्ञानको दायरा बढाउने परिपाटीको विकास हुन्छ । ज्ञानको दायरा बढेपछि विद्यार्थीहरुले आाफ्नो भाव, बिचार र तर्क सबैका सामु निधक्क संग राख्न सक्छन् ।

त्यसैले यस्तो रचनात्मक कार्यक्रममा आफ्नो नानीहरुको आत्माबल बढाउनको लाागि विद्यालयले आफ्नो शैक्षिक क्यालेण्डरमा स्पीकर नेपाललाई स्थानन दिई आगामी कार्यक्रमहरुमा सहभागीता जनाई दिनको लागि आयाोजकको तर्फवाट पानोरमा टेलिभिजनका अध्यक्ष श्याम तण्डुकारले अनुराोध गरे ।

IMG 20250303 WA0013

IMG 20250303 WA0015