ताजा अपडेट

ट्रेन्डिङ

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा काप्री

Gyan Khabar

ज्ञानखबर

मङ्ल, फाल्गुन २०, २०८१
3597 पटक हेरिएको
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा काप्री

शिक्षा तथा माव स्रोत विकास केन्द्रको महानिर्देशकमा कृष्णप्रसाद काप्रीको सरुवा भएको छ। फागुनको पहिलो साता तत्कालीन महानिर्देशक दीपक शर्माको अनिवार्य अवकाशपछि रिक्त रहेको उक्त पदमा काप्रीलाई नियुक्त गरिएको हो।

यसअघि चिकित्सा शिक्षा आयोगको सदस्य सचिवको जिम्मेवारी सम्हालेका काप्रीलाई मन्त्रिपरिषद्को निर्णयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको थियो। मन्त्रालयमा हाजिर भएपछि उनलाई केन्द्रको महानिर्देशक बनाउने निर्णय भएको हो।

विद्यालय शिक्षाको बजेट र कार्यक्रम कार्यान्वयन तथा स्थानीय तहसँग समन्वय गर्ने मुख्य जिम्मेवारी केन्द्रको रहेको छ। काप्रीले यसअघि शिक्षा मन्त्रालय अन्तर्गत विद्यालय शिक्षा, योजना र उच्च शिक्षा महाशाखामा काम गरिसकेका छन्। साथै, उनले परीक्षा नियन्त्रक, शैक्षिक गुणस्तर परीक्षण केन्द्र र पाठ्यक्रम विकास केन्द्रको जिम्मेवारी पनि सम्हालेका छन्।

gk kp karpti

गोरखाको शहीद लखन गाउँपालिकाका काप्री २०५३ कात्तिकमा विद्यालय निरीक्षकबाट शिक्षा सेवामा प्रवेश गरेका थिए। उनले २०६१ साउन २५ मा उपसचिव र २०७१ माघ २८ मा सहसचिवको पद हासिल गरेका थिए।