ताजा अपडेट

ट्रेन्डिङ

सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापनाको पहल सुरु

Gyan Khabar

ज्ञानखबर

बिहि, फाल्गुन २२, २०८१
699 पटक हेरिएको
सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापनाको पहल सुरु

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने योजना अघि बढाएको छ। राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमार्फत पहिलो चरणमा मधेस प्रदेशमा केन्द्र स्थापनाको प्रक्रिया सुरु गरिएको छ।

यसका लागि मन्त्रिपरिषद्को निर्णयअनुसार फागुन २० गते महोत्तरीको भूमिसुधार तथा मालपोत कार्यालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच जग्गा प्राप्तिको सम्झौता भएको छ।

साउदी सरकारले बहुउद्देश्यीय पोलिटेक्निक इन्स्टिच्युट निर्माणका लागि उपलब्ध गराएको १० लाख अमेरिकी डलर महोत्तरीको बलवा नगरपालिकामा प्रयोग गरिनेछ। अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्राविधिक सहयोगमा इन्स्टिच्युट स्थापनाको कार्य अघि बढाइएको छ।

प्रतिष्ठानले श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन, सीप परीक्षण र प्रमाणीकरणलाई प्राथमिकतामा राखेको छ। साथै, प्रमुख श्रम गन्तव्य मुलुकहरूसँग द्विपक्षीय संवाद र समन्वयलाई निरन्तरता दिइनेछ।

यी प्रशिक्षण केन्द्रहरूले आन्तरिक तथा वैदेशिक रोजगारीका अवसर वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास मन्त्रालयले लिएको छ।