ताजा अपडेट

ट्रेन्डिङ

भारतको नयाँ नीतिले नेपालमा लोडसेडिङको जोखिम !!

Gyan Khabar

ज्ञानखबर

आइत, चैत्र ३, २०८१
810 पटक हेरिएको
भारतको नयाँ नीतिले नेपालमा लोडसेडिङको जोखिम !!

आजदेखि भारतले नेपाललाई घाम लागेको समयमा मात्रै बिजुली दिने भएपछि लोडसेडिङको जोखिम बढेको छ। उच्च माग हुने समयमा उद्योग सञ्चालनमा कटौती गर्नुपर्ने अवस्था आउन सक्ने प्राधिकरणले जनाएको छ।

शनिबारसम्म बेलुका ५ देखि ९ बजेबाहेक २० घण्टा बिजुली दिइरहेको भारतले आइतबारदेखि १२ घण्टा मात्र दिनेछ। यसले उच्च माग हुने समयमा लोडसेडिङको जोखिम रहनेछ। अघिल्ला वर्षहरूमा पनि उच्च माग हुने समयमा प्राधिकरणले उद्योग सञ्चालन नगर्न सूचना निकाल्ने गरेको थियो। यस वर्ष भने ब्याकअपको रूपमा रहेको माथिल्लो तामाकोसी आयोजना पूर्ण क्षमतामा चल्न सकेको छैन।

नेपाल प्राधिकरणले अहिले भारतबाट तीन प्रकारले बिजुली आयात गरिरहेको छ। पीईसीको मूल्य बढाएको विषयमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सरकारले पटक–पटक स्पष्टीकरण लिएको छ। मार्चसम्म रहेको पीईसीको म्याद थप नभए उपत्यकामा समेत लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ।

नेपालले भारतबाट करिब एक हजार मेगावाटसम्म आयातको स्वीकृति पाएको छ। माथिल्लो तामाकोसीमा असोज ११ को बाढीले क्षति पुर्‍याएको थियो, जसले हिउँदमा पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन सकेको छैन। यसले गर्दा हिउँदमा ६ घण्टा मात्रै पूर्ण क्षमतामा उत्पादन हुने गरेको छ।

अहिले उच्च माग दुई हजार मेगावाटको हाराहारीमा छ। बेलुकाको समयमा कुलेखानी र माथिल्लो तामाकोसीले व्यवस्थापन गरिरहेकोमा अब समस्या हुनेछ। उद्योगहरूमा लोड कटौती भए पनि तत्काल ग्राहस्थ वर्गलाई फरक नपार्ने प्राधिकरणले जनाएको छ।
पीईसीको शुल्क वृद्धिलाई विद्युत् नियमन आयोगले स्वीकृत नगरे मार्चपछि ग्राहस्थ वर्गमा समेत लोडसेडिङ हुन सक्ने प्राधिकरणले चेतावनी दिएको छ। विज्ञहरूले घिसिङसँगको स्पष्टीकरणले लोडसेडिङको जोखिम बढाएको बताएका छन्।