ताजा अपडेट

ट्रेन्डिङ

एकदिने किकम्पा शैक्षिक प्रदर्शनी सम्पन

Gyan Khabar

ज्ञानखबर

सोम, चैत्र ४, २०८१
752 पटक हेरिएको
एकदिने किकम्पा शैक्षिक प्रदर्शनी सम्पन

किकम्पा मन्टेसरीको आयोजनामा एकदिने किकम्पा शैक्षिक प्रदर्शनी – २०८१ तथा स्काउट प्याक होलिडे शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै किकम्पा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष देवचन्द्र बज्राचार्यले भाइबहिनीहरूलाई प्रतिस्पर्धाको भावनाबाट नभई व्यवहारिक ज्ञान दिई शिक्षित गर्नुपर्ने आवश्यकता औँल्याउँदै विद्यार्थीमा भएका प्रतिभाहरू प्रस्फुटन गर्ने उद्देश्यका साथ शिक्षा दिनुपर्ने बताए ।

FB IMG 1742181296949

कार्यक्रममा बिभिन्न प्रकारका परम्परागत तथा आधुनिक बाजागाजा, सांस्कृतिक भेषभुषा, घरेलू उत्पादन, विद्यालयमा विद्यार्थीहरूद्वारा तयार पारिएका विभिन्न हस्तकलाका सामग्री, चित्रकला, पेपर क्राप्ट, हस्तलेखन तथा साना विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा दिने उद्देश्य तयार पारिएका विभिन्न वस्तुहरू प्रदर्शनीमा राखिएका थिए ।

कार्यक्रममा संस्थाका प्रबन्ध निर्देशक अच्युत प्रजापति र विद्यालयका प्रिन्सिपल राजेश लाखाले पनि बोलेका थिए ।

20250315 123946

विद्यालयले गरिरहेका शैक्षिक अभ्यास तथा बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि तयार गरेको शैक्षिक सामग्री प्रदर्शनी गरिएको प्रिन्सिपल राजेश लाखाले जानकारी दिए।
20250315 122833

20250315 124123

20250315 124130

20250315 122822