ताजा अपडेट

ट्रेन्डिङ

आजबाट एसईई परीक्षा सुरु, पाँच लाख १४ हजार विद्यार्थी सहभागी

Gyan Khabar

ज्ञानखबर

बिहि, चैत्र ७, २०८१
863 पटक हेरिएको
आजबाट एसईई परीक्षा सुरु, पाँच लाख १४ हजार विद्यार्थी सहभागी

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ। परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरका अनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।

यस वर्षको परीक्षामा पाँच लाख १४ हजार विद्यार्थी सहभागी भएका छन्, जसमध्ये ७५ हजारले पुनः परीक्षा दिँदैछन्। देशभर दुई हजार ८० परीक्षा केन्द्र तोकिएको छ।

आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा पनि आजै हुनेछ।

चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ भने गैरनेपाली विद्यार्थीका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस) को परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।