ताजा अपडेट

ट्रेन्डिङ

मिनर्वामा वृहत् स्वास्थ्य शिविर सम्पन्न: ५९२ भन्दा बढी लाभान्वित

Gyan Khabar

ज्ञानखबर

शनि, चैत्र ९, २०८१
2375 पटक हेरिएको
मिनर्वामा वृहत् स्वास्थ्य शिविर सम्पन्न: ५९२ भन्दा बढी लाभान्वित

मिनर्वा विद्यालय र भक्तपुर सल्लाघारीस्थित डा. इवामुरा अस्पतालको संयुक्त आयोजनामा शनिबार विद्यालय परिसरमा एक वृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा दन्तरोग, बालरोग, स्त्रीरोग, हाडजोर्नी, जनरल मेडिसिन, रक्तचाप तथा चिनी रोग सम्बन्धी स्वास्थ्य जाँच गरिएको थियो।

शिविरमा अभिभावक र विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। दन्तरोग तर्फ ११८ जना, बाल रोग तर्फ १८१ जना, स्त्री रोग तर्फ १२४ जना, हाडजोर्नी तर्फ १०९ जना तथा जनरल मेडिसिन तर्फ ६० जना गरी जम्मा ५९२ भन्दा बढी व्यक्तिहरूले प्रत्यक्ष रूपमा लाभ लिएका थिए।

विद्यालयका प्रिन्सिपल राजेन्द्र दुवालले इवामुरा अस्पतालबाट आएका डाक्टरहरू र सहयोगीहरूलाई विद्यालयको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै आभार प्रमाण पत्र वितरण गरेका थिए।

20250322 115815

सो शिविरले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न र स्थानीय बासिन्दाहरूलाई आवश्यक स्वास्थ्य सेवाहरू प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

Messenger creation 59B60CF4 2461 44AC 813F 5731A9676481

Messenger creation 9262D30B 0635 4482 8E2B 05256106EAA3

Messenger creation B983E7B5 A4C5 429D 9D94 5308FD8FD964

Messenger creation E6A97F64 48C2 46A7 B86F A4EA808E3A1D