स्वास्थ्य बीमा बोर्डले नयाँ नेतृत्व पाएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार चन्द्र बहादुर थापालाई बोर्डको अध्यक्ष पदमा नियुक्त गरिएको छ। यसअघि नै बसेको मन्त्रिपरिषद् बैठकले डा. राघुराज काफ्लेलाई बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो।
स्वास्थ्य क्षेत्रमा लामो अनुभव भएका थापा र काफ्लेको नियुक्तिसँगै स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी र नागरिकमुखी बनाउने अपेक्षा गरिएको छ। बोर्डले अब नयाँ नेतृत्वको मार्गदर्शनमा बीमाको दायरा विस्तार गर्ने, सेवाको गुणस्तर सुधार गर्ने र आम नागरिकको पहुँचलाई सहज बनाउने लक्ष्य लिएको छ।
नवनियुक्त अध्यक्ष थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई सफल बनाउन सबै सरोकारवाला निकायसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यस्तै, कार्यकारी निर्देशक काफ्लेले बोर्डको संस्थागत क्षमता अभिवृद्धि गर्दै सेवाग्राहीलाई सरल र सहज ढंगले बीमा सुविधा उपलब्ध गराउन आफ्नो प्रयास केन्द्रित रहने बताएका छन्।
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकतामा राख्दै यसको प्रभावकारिता बढाउन नयाँ नेतृत्व चयन गरेको हो। अब आम नागरिकले यो नयाँ नेतृत्वबाट स्वास्थ्य बीमा सेवामा थप सुधार र सहजताको अपेक्षा राखेका छन्।