ताजा अपडेट

ट्रेन्डिङ

कृषि विकास बैंक लिमिटेडले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापन सहित)

Gyan Khabar

ज्ञानखबर

शुक्र, चैत्र २२, २०८१
1259 पटक हेरिएको
कृषि विकास बैंक लिमिटेडले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापन सहित)

कृषि विकास बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी भर्नाको लागि खुला प्रतियोगितात्मक लिखित परीक्षा सम्बन्धी सूचना प्रकाशन गरेको छ ।

लोक सेवा आयोगबाट सहमती भए बमोजिम बैंकमा रिक्त रहेका पदहरूमा खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्तिको लागि दर्खास्त आह्वान गरिएको हो।

इच्छुक ब्यक्तिले बैंकको वेबसाईट https://vacancy.adbl.gov.np/ मार्फत् अनलाइन प्रणालीमार्फत २०८१ चैत २२ गतेदेखि आवेदन फारम भर्न सकिने छ।

सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र सूचनामा तोकिएबमोजिमको दरखास्त दस्तुर र २१ दिनपश्चात् थप ७ दिनसम्म दोब्बर दस्तुर तिरी दर्खास्त दिन सकिनेछ।