प्याब्सन भक्तपुर र पलासेमा अवस्थित काठमाडौँ फन भ्यालीबीच एक विशेष सम्झौता भएको छ। यो सम्झौतासँगै भक्तपुरका प्याब्सनमा आबद्ध सम्पूर्ण विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले काठमाडौँ फन भ्यालीमा आकर्षक छुटको लाभ लिन सक्ने भएका छन्।
अब भक्तपुरका विद्यार्थी तथा शिक्षकहरूले मनोरञ्जनसँगै ज्ञान आर्जनको अनुपम अवसर पाउने भएका छन्। काठमाडौँ फन भ्यालीले सानो पोखरीदेखि उच्च स्लाइडिङसहितको पोखरीसम्म, बालमैत्री खेल सामग्रीदेखि दुई–तीन सय वर्ष पुराना ऐतिहासिक सामग्रीहरू समेटेको संग्रहालयसम्म विभिन्न आकर्षणहरू प्रदान गर्दछ। यहाँ सबै उमेर समूहका व्यक्तिहरूले भरपुर आनन्द लिन सक्नेछन्। साथै, विद्यार्थीहरूका लागि सहुलियत दरमा स्वस्थ खाजाको व्यवस्था पनि गरिएको छ।
प्याब्सन भक्तपुरका सदस्य विद्यालयहरूका लागि विशेष छुट योजना:
वैशाख र जेठ महिना: विद्यार्थीहरूका लागि प्रवेश शुल्कमा १०% छुट।
अषाढदेखि: विद्यार्थीहरूका लागि प्रवेश शुल्कमा अझ बढी १२% छुट।
शिक्षक/कर्मचारीहरूका लागि: विद्यालयको परिचयपत्र (ID Card) देखाएर आउने जति जनालाई पनि प्रवेश शुल्कमा २०% छुट।
यो विशेष छुट प्याब्सन भक्तपुर अन्तर्गत रहेका सम्पूर्ण सदस्य विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीहरूका लागि लागू हुनेछ।
प्याब्सन भक्तपुर र काठमाडौँ फन भ्यालीको यो सहकार्यले विद्यार्थीहरूलाई पढाइको थकान मेटाउँदै रमाइलो गर्ने वातावरण सिर्जना गर्ने विश्वास लिइएको छ। साथै, ऐतिहासिक संग्रहालयको अवलोकनले उनीहरूको ज्ञान अभिवृद्धिमा पनि टेवा पुग्नेछ।
#PabsonBhaktapur #KathmanduFunValley #GyanKhabar