ताजा अपडेट

ट्रेन्डिङ

गोल्डेन गेटको “किड्ज भिल्ला दीक्षान्त” सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शनि, चैत्र ३०, २०८१
828 पटक हेरिएको
गोल्डेन गेटको “किड्ज भिल्ला दीक्षान्त” सम्पन्न

गोल्डेन गेट ईङ्गलिश सेकेण्डरी स्कूलको प्रिस्कूल तर्फको मन्टेसरी किड्ज भिल्लाले अप्पर किन्डरगार्टन (यूकेजी) तह पूरा गर्ने ३३ जना विद्यार्थीहरुलाई दीक्षित गर्दै आफ्नो ३८औं वार्षिकोत्सव, प्रिस्कूल विशेष अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गरेको छ ।

IMG 20250412 WA0001

विद्यालयका संस्थापक निर्देशक अञ्जु जोशीको अध्यक्षता तथा लर्निङ कर्भ एजुकेशन रिसर्च सेन्टरका संस्थापक सिईओ तथा बाल शिक्षाविद माया थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरुले राईम्स, नृत्य, गीत, प्रोफेशनल परेड, रोल प्ले, आदिको साथमा विद्यालयले अबलम्बन गर्दै आएको फोनिक्स रिडिङ बिधीद्वारा विकास गरेको पठन सीपलाई वृहत् रुपमा प्रस्तुत गरेको थियो । कार्यक्रममा विद्यालयले शैक्षिक सत्र २०८१ मा आयोजना गरेको ईसिए फेस्टका विजेताहरुलाई पदक तथा वृहत् पठनमा संलग्न एक्स्टेन्सिभ रिडरहरुलाई रिडर्स ब्याच पनि प्रदान गरिएको थियो ।

कार्यक्रमलाई उद्घाटन गर्दै प्रमख अतिथि बाल शिक्षाविद माया थापाले गोल्डेन गेटले अबलम्बन गरेको मन्टेसरी पद्दती र मल्टिपल ईन्टेलिजेन्सेजमा आधारित बहुबिधीय स्मल ग्रुप टिचङ, फोनिक्स बिधीमा आधारित पठन सीप विकास कार्यक्रम तथा समग्र रुपमा पिबिएलमा आधारित प्रोग्रेसिव सिकाईको अभ्यासको प्रशंसा गर्दै यस्तो सिकाई अवसर दुर्लभ भएको र नेपालका केही सीमित विद्यालयहरुले मात्र यस्तो गुणस्तर दिँदै आएको बताउनु भयो । साथै वहाँले भक्तपुरमा विद्यालयको भिजन “सबैको पहुँचमा एउटा सम्पूर्ण विद्यालय” अनुसार न्यूनतम शुल्कमा यस्तो गुणस्तरीय सेवा प्रदान गर्दै आएकोप्रति बधाई ज्ञापन गर्दै मन्टेसरी ट्रेनरको रुपमा विभिन्न विद्यालय र गोल्डेन गेटका शिक्षिकाहरुसँग काम गरेको अनुभवको आधारमा गोल्डेन गेटको सिकाई रुपान्तरणको अभ्यास पृथक र प्रभावकारी रहेको विचार व्यक्त गर्नुभयो । कार्यक्रमका अतिथि यूरोकिड्स काँडाघारीका को–फाउण्डर तथा कोअर्डिनेटर रश्मी सुवालले गोल्डेन गेटको प्रिस्कूलमा फोनिक्स ट्रेनरको रुपमा नियमित रुपमा तालिम दिँदै आएको अनुभव सुनाउँदै प्रिस्कूलमा फोनिक्स विधीको प्रयोग जटिल रहेको र गोल्डेन गेटले तालिमहरु गर्ने मात्र नभई त्यसको कार्यान्वयन तदारुकताका साथ गर्ने गरेको औंल्याउँदै यसले विद्यार्थीहरुको सिकाईमा ल्याएको परिवर्तनको प्रशंसा गर्नुभयो ।

IMG 20250412 WA0012

विद्यालयका प्रिन्सिपल तथा को–फाउण्डर सिङ्ग लामाले गोल्डेन गेट विद्यार्थीहरुलाई अनुभवमा आधारित तथा जीवन र जगतसँग जोडिएको शिक्षा दिन कृतसंकल्पित रहेको जनाउँदै विद्यालयले अवलम्बन गर्दै आएको मन्टेसरी शिक्षण पद्दती, फोनिक्स बिधी, प्रोजेक्ट बेस्ड लर्निङ, सर्जकीय रुपान्तरणमा परिलक्षित मकै घर, वृहत् पठन अभ्यास, गोल्डेन स्टार, आदिको संक्षिप्त जानकारी दिनुभयो । यूकेजी छात्रा सोफिया लामाले अंगे्रजीमा स्वागत मन्तव्य दिएको उक्त कार्यक्रममा विद्यालयका फोनिक्स फोकल शिक्षिका चण्डिका बस्नेत थापाले पनि मन्तव्य दिएकी थिईन् भने शिक्षिकाद्वय अनिता श्रेष्ठ र आशिका दहालले कार्यक्रम संचालन गरेका थिए ।