ताजा अपडेट

ट्रेन्डिङ

मन्टेसरी एजुकेशन स्कूलको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस एवं दिक्षान्त समारोह सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शनि, चैत्र ३०, २०८१
1068 पटक हेरिएको
मन्टेसरी एजुकेशन स्कूलको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस एवं दिक्षान्त समारोह सम्पन्न

भक्तपुर सूर्यविनायकस्थित मन्टेसरी एजुकेशन स्कूलको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस – २०८१ एवं दिक्षान्त समारोह कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

सूर्यविनायक नगरपालिकाकी उप प्रमुख सरिता भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि भट्टराईले विद्यालयले बालबालिकाको विकासका लागि गर्दै आएको विभिन्न क्रियाकलाप निकै प्रशंसनीय भएको बताइन्।

कार्यक्रममा विशेष अतिथिका रूपमा मध्यपुर थिमी स्थानिय स्काउट कार्यालयका प्रमुख आयुक्त तथा अभिमुखिकर्ता तुल्सिहरी प्रजापतिको उपस्थिति रहयो। उनले अभिभावक संस्कारिक भएमा मात्रै बालबालिका पनि संस्कारिक हुने बताए।

कार्यक्रममा अभिभावक प्रतिनिधिहरु सूरज भुजु र सरिता खडकाले पनि प्रि स्कूलले गर्दै आएका विभिन्न गतिविधिको बारेमा प्रशंसा गर्दै आ आफ्नो विचार ब्यक्त गरे। उक्त कार्यक्रममा विद्यालयकी प्रिन्सिपल मंगला प्रजापतिले विद्यालयले गर्दै आएका र सम्पन्न गरिसकेका विभिन्न क्रियाकलापका बारेमा जानकारी दिइन्। उनले विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि विद्यालयले उनीहरुको मनोभावना बुझेर अघि बढ्दै गरेको बताइन्।

सो अवसरमै विद्यालयले एसकेजी कक्षाका विद्यार्थीहरुलाई दीक्षित गरिएको थियो। विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुले नृत्य, गीत संगीत सँगै आफुले कक्षामा सिकेका विभिन्न मन्तव्यहरु पनि प्रस्तुत गरेका थिए। सोहि कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थीद्वय आश्रय प्रजापति र आरुस शाक्यले सांगीतिक प्रस्तुति दिएका थिए।

Messenger creation 3BCFC9AB 011A 4FF9 BF5C E96D9FB28517

उल्लेख्य अभिभावकहरुको उपस्थिति रहेको कार्यक्रममा अभिभावको मनोरन्जनका लागि विभिन्न गेम खेलाइनुका साथै विभिन्न प्रश्न उत्तर खेल पनि खेलाइएको थियो। जसबाट भाग्यमानी अभिभावकलाई विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा उत्कृष्ट वर्ष शिक्षकको अवार्ड शिक्षक सरिता कर्माचार्यले पाएकी थिइन्। कार्यक्रममै विद्यालयकी दिदिमा लक्ष्मी केशरी जति सैंजुले विगत ५ वर्षदेखि अनवरत रूपमा सेवा गर्दै आएकोले सम्मान गरिएको थियो। योसंगै जेष्ठ अभिभावकद्वय देवलाल किसी र श्रीमाया प्रजापतिलाई विद्यालयमा अध्ययनरत विद्यार्थीका जेष्ठ अभिभावक (हजुरबा, हजुराआमा) का रूपमा सम्मान गरिएको थियो।

Messenger creation 2CAFC3B1 AACA 4C9E B378 16DAC1C33AE8

सो समारोहमा त्यस प्रि स्कूलले हाल सालै सम्पन्न गरेको १ राते दुईदिने स्काउट प्याक क्याम्पमा सहभागी स्काउट कब ब्राउनीहरुलाई सहभागिताको प्रमाण पत्र वितरण गरिएको थियो।

विद्यालयकी संचालक सदस्य बिन्द्रा गोसाईले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम विद्यालय संचालक समितिका अध्यक्ष अच्युत प्रजापतिको सभापतित्वमा रहेको थियो। अध्यक्ष प्रजापतिले विद्यालयमा समयानुकूल परिवर्तन गर्दै शैक्षिक गुणस्तर र आगामी शैक्षिक सत्रदेखि विद्यालयको भौतिक पूर्वाधार बृद्वी गर्दै अघि बढ्ने बताए।

Messenger creation E9C37E20 1DEB 4A8E 91F4 D09B1C72869C

Messenger creation F238E41E 9881 4C84 8CC1 56A10F7640CA

Messenger creation 3BCFC9AB 011A 4FF9 BF5C E96D9FB28517