ताजा अपडेट

ट्रेन्डिङ

विद्या आर्जन सेकेन्डरी स्कुलका विद्यार्थीलाई विद्युतीय अपराधबारे सचेतना

Gyan Khabar

ज्ञानखबर

बुध, जेष्ठ १४, २०८२
255 पटक हेरिएको
विद्या आर्जन सेकेन्डरी स्कुलका विद्यार्थीलाई विद्युतीय अपराधबारे सचेतना

आदर्श, भक्तपुरस्थित विद्या आर्जन सेकेन्डरी स्कुलमा विद्यार्थीहरूले समुदाय प्रहरी कार्यक्रम अन्तर्गत जगाती बृत्तका प्रहरी नायब निरीक्षक ललिता थापा र प्रहरी हबल्दार फिरी राईसँग बदलिँदो समाज र विद्युतीय माध्यमबाट हुने अपराधबारे एक साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नायब निरीक्षक ललिता थापाले सामाजिक सञ्जालको सुरक्षित प्रयोग, प्रोफाइल पिक्चर र पब्लिक सेटिङमा फोटो तथा सूचना राख्दा अपनाउनुपर्ने सावधानीबारे विस्तृत जानकारी दिए। उनले संवेदनशील व्यक्तिगत जानकारी विद्युतीय माध्यममा सुरक्षित राख्नुपर्ने, अनुमतिबिना कसैको फोटो सामाजिक सञ्जालमा राख्न नहुने र कसैलाई हैरान पार्ने नियतले चिठ्ठीपत्र लेख्न वा विद्युतीय माध्यमबाट गोपनीयता भंग गर्न नहुने कुरामा जोड दिए।

नायब निरीक्षक थापाले विद्युतीय अपराध ऐन, २०६३ अनुसार यस्ता कार्यमा अधिकतम दुई लाख रुपैयाँ जरिवाना र पाँच वर्षसम्म कैद सजाय हुन सक्ने बताए। विशेषगरी, विद्युतीय माध्यमबाट हैरान पार्ने नियतले सामाजिक सञ्जालमा पोस्ट गरेमा बीस हजार रुपैयाँ जरिवाना र दुई वर्ष जेल सजाय हुने जानकारी गराउनुभयो। साथै, विद्युतीय माध्यमबाट धम्क्याउने, अपलोड गर्ने, मेसेन्जरबाट धम्की दिने वा अपमान गरेमा एक लाख रुपैयाँ जरिवाना र पाँच वर्षसम्म कैद हुने व्यवस्था रहेको उहाँले स्पष्ट पारे। यस्ता विषयमा महानगरीय अपराध महाशाखा टेकु केन्द्रीय अनुसन्धान ब्युरो वा सीआईबी महाराजगन्जमा उजुरी दिन सकिने पनि थापाले बताए।

कार्यक्रममा सहभागी विद्यार्थी सिजल दुवालले मोबाइल सुविधा भए पनि त्यसको दुरुपयोग गर्दा सजायको भागीदार हुनुपर्ने रहेछ भनी बुझेको र प्रयोग गर्दा सजग हुनुपर्ने बताए। उनले यस्तो कार्यक्रम अहिलेका विद्यार्थी र युवाहरूलाई समेत सजायबारे प्रशिक्षण दिनुपर्ने आवश्यकता महसुस भएको धारणा राखे

कार्यक्रममा विद्यालयका प्रिन्सिपल पुरुषोत्तम ग्वाछाले स्वागत तथा धन्यवाद व्यक्त गर्दै विद्यार्थीलाई सीमित नगरी सामाजिक ज्ञान हासिल गर्न यस्तो कार्यक्रम राखिएको जानकारी गराए।