गणेश माध्यमिक विद्यालय, भार्वाचोमा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले शिक्षा मानव प्रगति र देश विकासको पहिलो साधन भएको बताउँदै नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा जोड दिएको र आवश्यकता अनुसार भौतिक तथा आर्थिक सहयोग गर्दै आएको जानकारी दिए।
प्रमुख प्रजापतिले द्वैध शिक्षा नीतिका कारण शिक्षा क्षेत्रमा असमानता रहेको बताउँदै शिक्षा सेवा क्षेत्र भएको उल्लेख गर्नुभयो।
कार्यक्रमका सभापति श्यामकृष्ण खत्रीले गणेश माविको शैक्षिक प्रगतिमा सबैको भूमिका महत्वपूर्ण रहेको बताए।
प्रधानाध्यापक गणेशराम थुसाले विद्यालयले युगसुहाउँदो शिक्षा र भौतिक विकासमा प्रयास गरिरहेको जानकारी दिँदै यस वर्ष १५५ नयाँ विद्यार्थी भर्ना भएको र हाल ७१५ विद्यार्थी अध्ययनरत रहेको बताए।
संस्थापक कृष्णबहादुर दुगुजुले विद्यालय स्थापनाको इतिहासबारे बता। कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको थियो।