ताजा अपडेट

ट्रेन्डिङ

प्रधानाध्यापक संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन

Gyan Khabar

ज्ञानखबर

शनि, जेष्ठ २४, २०८२
517 पटक हेरिएको
प्रधानाध्यापक संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन

शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको प्रधानाध्यापक संघ नेपाल (PAN) को दोस्रो राष्ट्रिय सम्मेलन पोखरामा भव्यताका साथ सम्पन्न भएको छ।

सम्मेलनले आगामी कार्यकालका लागि २९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ। यससँगै शिक्षा क्षेत्रको विकास र प्रधानाध्यापकहरूको हकहितका लागि थप सशक्त पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

सम्मेलनले सुदाम प्रसाद गौतम लाई अध्यक्ष पदमा निर्वाचित गरेको छ। उनको नेतृत्वमा संघले शिक्षाको गुणस्तर सुधार, प्रधानाध्यापकहरूको पेशागत विकास र उनीहरूका चुनौतीहरू सम्बोधन गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सम्मेलनबाट वरिष्ठ उपाध्यक्षमा हेरम्बराज कँडेल, उपाध्यक्षमा टिकाराम पाण्डेय, महासचिवमा लक्ष्मण श्रेष्ठ, उप महासचिवमा मीन अछामी, सचिवहरूमा बेग बहादुर थापा, मन्जु बस्नेत र याम बहादुर श्रेष्ठ, कोषाध्यक्षमा रिता तिवारी, सहकोषाध्यक्षमा हिमाल केसी र सदस्य सचिबमा घनश्याम न्यौपाने चयन भएका छन्।

नयाँ कार्यसमितिमा शिक्षा क्षेत्रका अनुभवी र सक्रिय व्यक्तित्वहरूलाई समेटिएको छ। सदस्यहरूमा सञ्जय कुमार झा, बसन्ता गिरी, लक्ष्मी पन्त देवकोटा, विश्वरसिंह मेवाहाङ, चन्द्र प्रसाद मैनाली, बामदेव पौडेल, हरिप्रसाद घिमिरे, नवराज घिमिरे, लक्ष्मण दत्त भट्ट, कुबेर प्रसाद भेटुवाल, विनिता कुमारी साह, महाबिर दास, प्रबिन प्रकाश श्रेष्ठ, गीता काफ्ले, शारदा पौडेल, दुर्गा बहादुर रावत, मधुसुदन पोखरेल र डा. टंक दाहाल रहेका छन्।