ताजा अपडेट

ट्रेन्डिङ

काठमाडौं विश्वविद्यालयद्वारा प्रथम विद्यालय मनोविमर्श तथा मनोवैज्ञानिक आरोग्यता सम्मेलन सम्पन्न

Gyan Khabar

ज्ञानखबर

आइत, असार ८, २०८२
749 पटक हेरिएको
काठमाडौं विश्वविद्यालयद्वारा प्रथम विद्यालय मनोविमर्श तथा मनोवैज्ञानिक आरोग्यता सम्मेलन सम्पन्न

काठमाडौं विश्वविद्यालय (केयू) को स्कुल अफ एजुकेशन अन्तर्गत “स्कुल काउन्सिल एण्ड साइकोलोजिकल वेल विइङ सपोर्ट सेन्टर” ले प्रथम विद्यालय मनोविमर्श तथा मनोवैज्ञानिक आरोग्यता सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । .

कार्यक्रमका प्रमुख अतिथि काठमाण्डौं महानगरपालिकाको उपमेयर सुनिता डंगोलले यस किसिमको कार्यक्रमले बालबालिकालाई सकरात्मक बाटोमा डोह्याउन सहज हुन्छ भन्दै काठमाण्डौं विश्वविद्यालयले यस किसिमको कार्यक्रम आयाोजना गर्नु भएकोमा आयोजक प्रति आभार व्यक्त गरे।

काठमाडौं विश्वविद्यालयका उपकुलपति अच्यूत वाग्लेले यस किसिमको कार्यक्रम विद्यालयका विद्यार्थीहरुलाई अत्यन्तै आबश्यक भएकोले काठमाडौं विश्वविद्यालय सहकार्य गरि काम गर्नको लागि सदैव तयार रहेको भाव व्यक्त गरे ।

“दीगो खुसीको लागि स्व–रूपान्तरण” नारा दिइएको उक्त कार्यशाला असार ६ गते ललितपुरमा आयोजना गरिएको सेन्टरका संयोजक उपप्राध्यापक श्रीकृष्ण वाग्लेले हाम्रो अथक प्रयास र मिहिनेतले गर्दा कार्यक्रम सफल भएको जानकारी दिए। कार्यक्रममा कार्यपत्र प्रस्तुतीकरण तथा १ प्यानल डिस्कसन कार्यक्रम उत्साहजनक रुपमा भएको संयोजक वाग्लेले बताए।

कार्यक्रममा प्रकाशित भइसकेका आठ वटा जर्नल आर्टिकलको विषयमा छलफल भएको कार्यक्रम संयोजन समितिका सदस्य उपप्राध्यापक चेतनाथ पन्तले बताए।

कार्यक्रममा करीब २०० जना अनुसन्धानकर्ता, विभिन्न विद्यालयका प्रिन्सिपल तथा विद्यार्थीहरुले सहभागिता जनाएका थिए । सम्मेलनको माध्यमबाट विद्यालय मनोविमर्श मानसिक सामाजिक तथा भावनात्मक आरोग्यता सम्बन्धमा नयाँ बहसको शुरूवात भएको संयोजन समितिका सदस्य माधव खतिवडाको भने।

समारोहमा स्कुल काउन्सलर एसोसिएसन नेपालको गठनको प्रस्ताव पेश गरिएको थियो । यसलाई गहन छलफल गरि अघि बढाउने कुरा सम्मेलनमाा छलफल भएको थियो ।

केयुको स्कुल अफ एजुकेशन अन्तर्गत हाल स्कुल काउन्सिलिङ एण्ड साईकोलोजिकल वेल विइङ विषयमा १ बर्षे र २ बर्षे एम ए, एमफिल तथा पिएचडी कार्यक्रम संचालन भइरहेको छ । सेन्टरले पहिलो पटक जर्नलसमेत विमोचन गर्ने तयारी गरेको छ ।