राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई २०८१ को नतिजामा भक्तपुर नगरपालिका क्षेत्रका विद्यार्थीहरूले उत्साहजनक प्रदर्शन गरेका छन्। कुल २ हजार १६६ जना विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन्, जुन ८९.८८ प्रतिशत हो। यस वर्ष भक्तपुर नगरपालिकाभित्र सञ्चालित विद्यालयहरूमध्ये १४ जना विद्यार्थीले ४.० जीपीए ल्याउन सफल भएका छन्।
सार्वजनिक विद्यालयतर्फ ६८२ जना (८०.९० प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका छन् भने संस्थागत विद्यालयतर्फ १ हजार ४८४ जना (९४.७० प्रतिशत) विद्यार्थीले सफलता हात पारेका छन्। यसले संस्थागत विद्यालयको नतिजा सार्वजनिक विद्यालयको तुलनामा केही राम्रो देखिएको छ।
४ जीपीए ल्याउने विद्यालय र विद्यार्थी:
एसईई २०८१ मा ४.० जीपीए ल्याउने १४ जना विद्यार्थी निम्न विद्यालयबाट रहेका छन्:
मेधा माध्यमिक विद्यालय: ३ जना
सैनिक आवासीय महाविद्यालय: ३ जना
एभरेष्ट इ. स्कूल: ३ जना
लनर्स एकेडेमी: २ जना
सेकरिड हार्ट इ. सेकेन्डरी स्कुल: १ जना
न्यातपोल इ. सेकेन्डरी स्कुल: १ जना
जेन्युइन सेकेन्डरी स्कूल: १ जना
जीपीए अनुसार विद्यार्थीको संख्या:
एसईई २०८१ नतिजाको विस्तृत विश्लेषण गर्दा, ३.६ देखि ४.० जीपीए (विशिष्ट श्रेणी) ल्याउने विद्यार्थीको संख्या ७ सय ७२ जना रहेको छ।
अन्य जीपीए श्रेणीमा उत्तीर्ण हुने विद्यार्थीहरूको संख्या यस प्रकार छ:
३.२० देखि ३.६० जीपीए: ८ सय जना
२.८० देखि ३.२० जीपीए: ४ सय ८७ जना
२.४० देखि २.८० जीपीए: १०१ जना
२.०० देखि २.४० जीपीए: ६ जना
२.० जीपीएभन्दा कम ल्याउने परीक्षार्थीको संख्या २ सय ४४ रहेको बोर्डले जनाएको छ।