ताजा अपडेट

ट्रेन्डिङ

देवचुली नपाद्वारा एसईईमा ४ जीपीए ल्याउने छात्रा र विद्यालय सम्मानित

Gyan Khabar

ज्ञानखबर

सोम, असार १६, २०८२
312 पटक हेरिएको
देवचुली नपाद्वारा एसईईमा ४ जीपीए ल्याउने छात्रा र विद्यालय सम्मानित

नवलपरासीको देवचुली नगरपालिकाले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा (४ जीपीए) हासिल गर्ने चार जना छात्रालाई सम्मान गरेको छ। शुक्रबार प्रकाशित एसईई नतिजामा देवचुली नगरपालिकाबाट ४ जीपीए ल्याउन सफल भएका उनीहरूलाई सोमबार एक कार्यक्रमकाबीच नगरपालिकाले सम्मान गरेको हो।

नगरपालिका प्रांगणमा आयोजित सम्मान कार्यक्रममा नगर प्रमुख हरिप्रसाद न्यौपाने, उपप्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत अशोक कोइराला लगायत वडा अध्यक्षहरूको उपस्थिति थियो। यस अवसरमा ४ जीपीए ल्याउने छात्राका साथै सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूलाई समेत सम्मान गरिएको थियो।

सम्मानित हुने विद्यार्थीहरूमा जनज्योति नमुना माध्यमिक विद्यालयकी अञ्जु श्रेष्ठ, विश्वज्योति माध्यमिक विद्यालयका लक्ष्मी श्रेष्ठ र सुमिना केसी, तथा मुनलाइट आदर्श पब्लिक एकेडेमीकी रोसा नेपाली रहेका छन्।

देवचुली नगरपालिकाले शिक्षा क्षेत्रमा विद्यार्थीहरूलाई प्रोत्साहन गर्न आगामी शिक्षा दिवसको अवसरमा ४ जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई २५ हजार रुपैयाँ प्रदान गर्ने घोषणासमेत गरेको छ।