ताजा अपडेट

ट्रेन्डिङ

विद्यालयस्तरीय आगलागी सम्बन्धी विपद व्यवस्थापन तालिम

Gyan Khabar

ज्ञानखबर

शुक्र, असार २०, २०८२
104 पटक हेरिएको
विद्यालयस्तरीय आगलागी सम्बन्धी विपद व्यवस्थापन तालिम

भक्तपुर नगरपालिका वडा नं १ को आयोजनामा शुक्रबार विद्यालयस्तरीय आगलागी सम्बन्धी विपद व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।

भक्तपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले विद्यालयमा हुन सक्ने घरेलुु स्तरको आगलागीको घटनालाई न्यूनीकरण गर्न विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सामान्य आधारभूत विपद व्यवस्थापन तालिम संचालन गरेको बताए ।

अंग्रेजी शब्द डिसीपी र पास को व्यवहारिक प्रयोगको लागि आगलागीको वर्गीकरण, नियन्त्रणको सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक प्रशिक्षण दिएको उक्त विपद व्यवस्थापन तालिममा वडा नं १ मा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका ३० जना शिक्षक तथा कर्मचारीको उपस्थिति रह्यो ।