ताजा अपडेट

ट्रेन्डिङ

साइनिङ स्कूलमा बेल्ट टेस्ट (बेल्ट ग्रेडिङ) कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर

आइत, असार २२, २०८२
148 पटक हेरिएको
साइनिङ स्कूलमा बेल्ट टेस्ट (बेल्ट ग्रेडिङ) कार्यक्रम सम्पन्न

चाँगुनारायण नगरपालिका वडा नम्बर ४ स्थित साइनिङ इङ्ग‌लिस सेकेन्डरी स्कूलमा बेल्ट टेस्ट (बेल्ट ग्रेडिङ) कार्यक्रम सम्पन्न भको छ। कार्यक्रममा विद्यार्थी भाइबहिनीहरूको बेल्ट प्रमोसन गरिएको थियो।

चाँगुनारायण नगरपालिका ४ वडाका वडाध्यक्ष रोजबहादुर तामाङज्यूको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा नेपाल क्योकुशिन- सेइशिन काइकान कराँते-दोका प्रमुख अशोक श्रेष्ठ, गणेश मा.वि. गुडीका प्राचार्य इन्द्र फौजु, साथै विभिन्न कराँते दोजोका गुरुहरू र शिक्षक-शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रम विद्यालय सञ्चालक समितिका अध्यक्ष विक्रम ढुकुछुको अध्यक्षता भएको थियो।

प्रमुख अतिथि तामाङले चाँगुनारायण नगरपालिकामा रहेका विभिन्न खेलहरूलाई आफ्नो वडाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै खेलकुदले अनुशासित भई अगाडि बढ्न मद्दत पुर्‍याउने कुरामा जोड दिए।

नेपाल ब्रान्च प्रमुख श्रेष्ठले “Sports for Health, Sports for Nation” भन्ने नाराका साथ बालबालिकाहरूको आत्मरक्षाका लागि खेलकुदको महत्वबारे प्रस्ट पारे।

गणेश मा.वि.का प्राचार्य श्री इन्द्र फौजुले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुद आवश्यक रहेको र पढाइका साथसाथै विद्यार्थीहरूलाई खेलकुदमा पनि संलग्न गराउनुपर्ने कुरामा जोड दिए।

20250706 072928

स्कूलका कराँते प्रशिक्षक राजकुमार तामाङले खेलकुद गर्दा व्यक्तिको तन, मन र दिमाग स्वच्छ र सन्तुलित रहने हुनाले यसको अतुलनीय महत्व रहेको कुरा स्पष्ट पारे।

विद्यालय सञ्चालक अध्यक्ष ढुकुछुले शारीरिक व्यायामबाट नै मानिसको शरीर सुगठित र सशक्त बन्ने प्राकृतिक नियमबारे चर्चा गर्दै बालबालिकाहरूलाई खेल्न र कुद्न दिँदा उनीहरूको सर्वाङ्गीण विकासमा समेत टेवा पुग्ने कुरा व्यक्त गरे।

Messenger creation C5DE22FE 5CCD 4855 94B9 111C51AC4CC9

कार्यक्रमको अन्त्यमा विद्यालयले अतिथि, कराँते प्रशिक्षक, शिक्षक-शिक्षिका, अभिभावक र सम्पूर्ण विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै मायाको चिनो प्रदान गरेको थियो।